इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार राई कुवेतबाट पक्राउ
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १४:२१:५२
१ चैत, काठमाडौं । लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार निजलाई एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको हो ।
इलाम नगरपालिका–९ ठेगाना भएका २५ वर्षीय विकास बसेलसमेत तीनजनालाई अवैध लागुऔषध खैरो हेरोइन ३७ ग्राम पाँच सय मिलीग्राम र डिजिटल तराजु एक थानसहित गत साउन २६ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान एवं सोधपुछका क्रममा उक्त लागुऔषधको कारोबारमा रोशन राईसमेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस २५ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता ढकालले बताए । पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ ।
खाजाघर सञ्चालक पक्राउ
बालिकालाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जना खाजा घरका सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका सञ्चालक उदयपुर बेलका नगरपालिका–५ ठेगाना भएका ३८ वर्षीय हिरन राई रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार खाजाघरमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उक्त स्थानबाट नाबालिकासहित दुई जनालाई प्रहरीले उद्धारसमेत गरेको र पक्राउ परेका राईउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिइएको प्रवक्ता ढकालले बताए । उनले भने, “उक्त विषयमा थप आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तको समेत प्रहरीले खोजी गरिरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार