धार्मिक भ्रमणमा निस्किएका राष्ट्रपति पौडेल मधेशमा
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार १२:२९:३९
३ चैत, महोत्तरी । राष्ट्रपति रामचन्द्र पौडेल धार्मिक भ्रमणमा निस्किएका छन । उनले मधेश प्रदेश पुगेर महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान महोत्तरी पुगेका राष्ट्रपति पौडेलले जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् ।
राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भ¥याङमुनि) जलभित्र रहनुभएका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराए । उनले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरे ।
यसअघि राष्ट्रपति पौडेलले आज बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरे ।
बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार