अबको ७५ वर्षमा नेपालको जनसंख्या दोब्बर हुनसक्ने
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार १४:५९:२७
४ चैत, काठमाडौं । नेपालको जनसंख्या दोब्बर हुन अबको ७५ वर्ष लाग्ने भएको छ । अहिलेकै गतिमा नेपालको जनसंख्या बढेमा ७५ वर्ष पछि दोब्बर हुनेछ । राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ मा भएको जनगणनाको जनसङ्ख्याको संरचना प्रतिवेदनमार्फत उक्त प्रक्षेपण गरेको हो ।
हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । वि.सं. १९६८ देखि २०७८ सम्म जनसङ्ख्याको आकार ५ गुणाले बढेको देखिएको कार्यालयले जनाएको छ । ताजा नतिजाअनुसार जनगणना अवधिको वार्षिक औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ । जुन २०६८ मा १.३५ प्रतिशत थियो ।
कार्यालयले अहिलेको गतिअनुसार जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने भन्दै वि.सं. १९६८ मा नेपालको जनघनत्व प्रति वर्गकिमी ३८ जना रहेकामा २०७८ मा बढेर १९८ जना पुगेको जनाएको छ । कार्यालयका अनुसार २०३८ मा नेपालको कुल जनसङ्ख्यामा तराईको जनसंख्या ३८ प्रतिशत थियो । जुन २०७८ मा बढेर लगभग ५४ प्रतिशत पुगेको छ ।
प्रदेश अनुसार मधेश र बागमतीमा सबैभन्दा बढी झण्डै २१ प्रतिशत जनसंख्या छ भने सबैभन्दा कम कर्णालीमा ५.७९ प्रतिशत छ । गत १० वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनीमा १३.८ प्रतिशत र सबैभन्दा कम गण्डकीमा २.६ प्रतिशतले जनसंख्या थप छ । विगत १ दशकको जनसंख्या वृद्धिदर अनुसार लुम्बिनी (१.२४ प्रतिशत) र मधेश (१.२ प्रतिशत) मा वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा बढी छ भने सबैभन्दा कम गण्डकीमा ०.२५ प्रतिशत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
दशौँ राष्ट्रिय योग दिवस मनाइयो
माघ १, २०८१ मंगलबार
माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछः अध्यक्ष दाहाल
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार