माध्यमिकी परिक्रमा यात्रीको महोत्तरीको यात्रा पूरा
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार ११:६:३७
५ चैत, महोत्तरी । मिथिलाको महाकुम्भ पनि भनिने माध्यमिकी परिक्रमाका यात्रीले महोत्तरीको यात्रा पुरा गरेका छन् । यो १५ दिने यात्राको चौथो दिनदेखि आठौंँ दिनसम्मको रात्रिबास महोत्तरीमा गरेका यात्री आज नवौँ दिन बिहान कञ्चनवनबाट धनुषाका लागि प्रस्थान गरेका हुन् । महोत्तरीमा मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन परिक्रमाका रात्रिबास स्थल रहने स्थापित परम्परा छ ।
परिक्रमाका यात्री आज बिहान कञ्चनवनमा स्नान गरेर रङ् अबिर खेल्दै रामसीताका भजन गाउँदै अघिल्लो यात्राका लागि प्रस्थान गरेका छन् । यसअघि हिजो कञ्चनवन आएर यात्रीले होरी (फागु) महोत्सव मनाएका थिए । अघि त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङ,अबिर खेलेका विश्वासमा यात्रीले फागु पर्व सुरु गर्ने परम्परा छ ।
आज यात्री धनुषाको क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै धनुषाकै पर्वतामा रात्रिबास गर्नेछन् । त्यसपछि १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखरधाम र १२ औँ दिन औरहीमा रात्रिबासपछि परिक्रमा टोली १३ औँ दिनको बासका लागि भारतको मधुवनी जिल्लामा पर्ने करुणा पुग्नेछ ।
त्यसपछि १४ औँ दिन मधुवनीकै बिसौलमा बसेपछि यात्रीको लश्कर अन्तिम बासका लागि धनुषाको जनकपुरधामस्थित रङ्गभूमि मैदान (बा¥हबिघा) पुग्नेछ । धनुषाकै मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी मन्दिरबाट फागुन औंसीका दिन थालिएको यो यात्रामा यसअघि पहिलो दिनको बास धनुषाकै हनुमानगढीमा गरेका यात्रीले दोश्रो र तेश्रो दिनको बास मधुवनीको कलना (कल्याणेश्वर) र फुलहर (गिरिजास्थान) मा पूरा गरिसकेका छन् ।
अन्तिम दिन रङ्गभूमिमा रात बिताएर भोलिपल्ट जनकपुरधामको अन्र्तगृह परिक्रमा गरेपछि यो यात्रा सम्पन्न हुने परम्परा छ । यो यात्रा सम्पन्न भएको भोलिपल्ट फागुपर्व मनाउँने मैथिल परम्परा छ । मिथिलाविहारी (श्रीराम) र किशोरीजी (श्री सीताजी) का प्रतिमा डोलामा अघि लगाएर गरिने यो १५ दिने यात्रा अलौकिक महाकुम्भ मानिन्छ ।
मिथिला माध्यमिकी परिक्रमा कल्याणदायक हुने र मोक्ष प्राप्त हुने मैथिल जनविश्वास छ । मन, विचार शुद्धि र परोपकारमा लाग्न यो यात्राले अभिप्रेरित गर्ने मैथिल संस्कृतिका जानकार बताउँछन् । माध्यमिकी परिक्रमाको कुल १३३ किलोमीटर दुरीमध्ये महोत्तरी जिल्लामा २९, धनुषामा ७८ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा २६ किलोमीटरको दुरी तय गरिने परम्परा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
कहिले सकिन्छ बुटवल नारायणगढ सडकको काम ?
बैशाख १६, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा छिर्यो सीआईबी, फर्जी लाइसेन्स बनाउने दुई जना प्रक्राउ
बैशाख १६, २०८१ आइतबार
सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै
बैशाख १६, २०८१ आइतबार
अर्जुनराज खनियाँ एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
बैशाख १६, २०८१ आइतबार
मनसुन प्रतिकार सम्बन्धी उद्धार अभ्यास डेमोस्ट्रेस्न मनसुन-२
बैशाख १६, २०८१ आइतबार