चित्तपोल सिमल्टार बाँसुरी बाजा खलका ३९ जना प्रशिक्षित
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १२:४:१७
♦ सन्जिब दुलाल
५ चैत, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खलका ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् ।
बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा खलले भाद्र महिना देखि स्थानीय ११ वर्ष देखि ५३ वर्ष सम्मका सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेको थियो ।
कला संस्कृति र परम्परालाई आधुनिकीकरण गरी निरन्तरता दिँदै लैजाने उद्देश्यका साथ उक्त प्रशिक्षण गरेको सिमल्टार बाँसुरी बाजा खलले जनाएको छ । आगामी दिनमा पनि उक्त खलले युवाहरूलाई प्रशिक्षण दिँदै लैजाने खलका सदस्य मोतीराम खाताखोले जानकारी दिए ।
बाँसुरी बाजा तथा हार्मोनियम बाजामा प्रशिक्षितहरूलाई एक कार्यक्रमका बीच सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा , सूर्यविनायक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिवराम राउत लगायतका महानुभावले बाजाका प्रशिक्षितहरूलाई प्रमाणपत्र वितरण गर्दै दीक्षित गरेका थिए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो कला संस्कृति भुलेमा हाम्रो अस्तित्व नै मेटिने भन्दै कला संस्कृतिको विकास तथा विस्तार एवं जगेर्ना गर्न नगरपालिका जस्तो सुकै कदम चाल्न पनि तयार भएको बताएका थिए ।
यस्तै कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष शिवराम राउतले अव को वडाको लक्ष्य भनेको कला, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण एवं सर्वधन गर्ने लक्ष्य रहेको हुँदा आर्थिक हिसाबले गर्नुपर्ने सहयोग गर्नु कुरा राख्नु भएको थियो ।
प्रशिक्षितहरूलाई शुभकामना दिँदै प्रशिक्षक धर्म मुनिकारले यो आफ्नो १२० औँ स्थानको प्रशिक्षण भएको जानकारी दिनुभएको थियो । देश भर विभिन्न स्थानमा गएर आफूले बाँसुरी बाजाको प्रशिक्षण दिँदै आएको उनले बताए । २०५७ सालबाट बाँसुरी बाजा , पछिमा खिं धिमे, बय खिं, कोचाखिंको प्रशिक्षण दिँदै आएको उनले जानकारी दिए । कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र तथा प्रशिक्षक धर्म मुनिकारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार