वालिङ नगरपालिकाकाले गर्यो पशु स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १२:४०:४३
♦ मणी प्रसाद अर्याल
५ चैत, काठमाडौं । वालिङ नगरपालिकाले पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका भित्रका वडामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । केही समय अगाडि किसानहरुको उत्पादनको आधारमा अनुदान दिने मनसायले प्रति लिटर दूधमा दश रुपैया अनुदान दिने निर्णय गरेको नगरपालिकाले कृषकको मनोबल उच्च बनाउनको निम्ति घरमै गएर पशुको स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण गरिएको छ ।
वालिङ नगरपालिका वडा न १०,१२,१३ र १४ मा गाई, भैँसी, बाख्रा, बंगुर,कुकुर गरि करिब चार हजार पशुको स्वास्थ्य जाँच गरिएको नगरपालिकाले जानकारी दिएको छ । पशु स्वास्थ्य शिविरमा आन्तरिक र बाहिरी परिजिवि, बाझोपन, गोवर परिक्षण, थुनेलो परिक्षण, बन्धायकरण रेविज भ्याक्सिन र औषधि निःशुल्क वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख माधव डुम्रेले जानकारी दिए ।
पशुहरूमा रेविज भ्याक्सिन र सरुवा रोगबाट मानिसलाई हुने जोखिमको न्युनिकरणको र स्वस्थ मासु, दूध उत्पादनलाई प्रोत्साहन र किसानहरुको सहजताको लागि यो कार्यक्रम लागु गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए ।
उत्पादनको आधारमा कृषकलाई अनुदान दिने र वालिङ नगरपालिका भित्रका नागरिकले उत्पादन गरेको मासु, दूधको बजार व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको र वजार ग्यारेन्टी गर्ने नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिए ।
किसानहरूले घरमै पशु चौपायाको स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी भएका छन । समय समयमा कृषकहरूको आवश्यकतालाई मध्यनजर गरि नगरपालिकाले प्रभावकारी रुपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने कृषकहरूको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई हिन्दू गणराज्य घोषणा गर्न माग
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार