सेती नदी किनारमा खुला व्यायामशाला निर्माण
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १३:४८:१२
५ चैत, दमौली 'तनहुँ' । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको छ । नगरपालिकाको आर्थिक सहयोग र शुक्ला नागढुङ्गा शवदाह गृहको साझेदारीमा सेती नदी किनारमा खुला व्यायामशाला निर्माण गरिएको हो ।
शारीरिक स्फूर्तिका लागि व्यायाम आवश्यक भएकाले खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए । उनका अनुसार उक्त व्यायामशालामा नगरवासीले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।
वडाध्यक्ष थापाले भने, “नगरमा खुला व्यायामशालाको आवश्यकता थियो, त्यसका लागि कहाँ बनाउने भन्ने छलफलपछि यो ठाउँ उपयुक्त देखियो ।” उनका अनुसार व्यायामशालामा बालबालिका, युवा र वृद्ध सबैखालका मानिसलाई उपयुक्त हुनेगरी संरचना बनाइएको छ ।
‘मर्निङ वाक’ र अवलोकनका लागि पुगेका सर्वसाधारणले व्यायामशालामा विभिन्न खेल तथा व्यायामका कार्यमा सहभागी हुनसक्ने शवदाह गृहका अध्यक्ष बाबुराम कार्कीले बताए । उनले भने, “व्यायाम गर्नाले मानिसलाई स्फूर्ति राख्न सहयोग पु¥याउँछ । यसको उपयोगका लागि सबैलाई आह्वान गरेका छौँ ।”
जिम हाउसमा पैसा तिर्नपर्ने भन्दै खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढ्न थालेको कार्कीले बताए। विस्तारै यस ठाउँप्रति सबैको आकर्षण बढ्ने उनको विश्वास छ । उनले भने, “आमनागरिकलाई स्वास्थ्यप्रति सचेतना दिलाउन तथा व्यायामशालालाई सहयोगी बनाउन अन्य आकर्षित योजना पनि बनाएर अगाडि बढ्ने छौँ ।”
व्यायामशालाको छेउमा शुक्लापार्क रहेकाले यस ठाउँ आन्तरिक पर्यटकका दृष्टिले पनि उपयुक्त हुने कार्कीको भनाइ छ । सेती नदी किनारमै ढुङ्गाबाट शिवको मूर्ति बनाइएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले पनि यो ठाउँ उपयुक्त रहेको उनले बताए ।
उक्त व्यायामशालामा विभिन्न किसिमका व्यायाम गर्न सकिने १२ उपकरण जडान गरिएको शवदाह गृहका सचिव हरिराज अधिकारीले जानकारी दिए। उनका अनुसार रू १० लाखको लागतमा व्यायामशाला निर्माण गरिएको हो । शुक्लागण्डकी नगरपालिकाले रू आठ लाख सहयोग गरेको भन्दै गृहका तर्फबाट रू दुई लाख लगानी भएको उनको भनाइ छ ।
शवदाह गृह उपभोक्ता समितिले पछिल्लो पाँच वर्षमा यस ठाउँको स्वरुप परिवर्तन गरेको छ । यस ठाउँलाई धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल बनाउन गुरुयोजना बनाइएको छ । गुरुयोजनामा फनपार्क निर्माणको लक्ष्यसमेत समेटिएको सचिव अधिकारीले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिकाले पनि खुला व्यायामशाला निर्माण गरी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नं १ स्थित गुम्बा बगैँचामा खुला व्यायामशाला निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकावासीलाई स्वस्थ राख्न सहयोग पु¥याउने उद्देश्यले खुल्ला व्यायामशालाको अवधारणा ल्याइएको बताए । उनका अनुसार रू १० लाखको लागतमा व्यायामशाला निर्माण गरिएको हो ।
“व्यायाम गर्नका लागि जिम जान धेरैलाई समस्या हुने भएकाले खुलारुपमा व्यायाम गर्ने सामग्री राखेका छौँ”, अध्यक्ष चुमानले भने, “यस व्यवस्थाले स्नानीयलाई स्वस्थ राख्न केही मद्दत गर्ने विश्वास लिएका छौँ ।” उनका अनुसार यस ठाउँबाट एक पटकमा १२ जनाले व्यायाम गर्न सक्नेछन् । अरुबेला पनि बिहानको समयमा हिँडडुल गर्ने यस ठाउँमा सात किसिमका व्यायामका उपकरण राखिएको अध्यक्ष चुमानले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
अवकाशबाट जोगिएका डीआईजी गणेश ठाडामगर सशस्त्रमा सर्वोत्कृष्ट ठहरिए
माघ ६, २०८१ आइतबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
पाकिस्तानमा सिंह बाघजस्ता खतरनाक जनावर घरमा पाल्न पाइने
माघ ६, २०८१ आइतबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
युद्धबिराम लागु हुनु भन्दा अगाडि इजरायलको हमला जारी
माघ ६, २०८१ आइतबार
लागु औषधसहित पाँचजना पक्राउ
माघ ६, २०८१ आइतबार
अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक
माघ ६, २०८१ आइतबार
नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु
माघ ६, २०८१ आइतबार