स्याङ्जाको कुल जनसंख्याको साढे दुई प्रतिशत नागरिक अपाङ्ग
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १३:२३:५८
प्रकाश डोटेल
९ चैत, स्याङ्जा । स्याङजाको कुल जनसंख्या मध्ये साढे दुई प्रतिशत भन्दा बढि नागरिक अपाङ्गता भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लाको कुल जनसंख्या २ लाख ५३ हजार २४ मध्ये २ दशमलव ६ प्रतिशतले हुन आउने ६ हजार ५ सय ७९ नागरिक अपाङ्गता भएको तथ्याङ्क सार्वजनिक भएको हो ।
कुल अपाङ्गता भएको जनसंख्या मध्ये ३ हजार ५ सय ९८ परुष छन् भने २ हजार ९ सय ८१ जना महिला अपाङ्ग छन् । १२ समूहमा वर्गिकरण गरिएको अपाङ्गता भएको संख्यामा शारीरिक अपाङ्गमा २ हजार ३ सय ८ छन् । न्यून दृष्टि युक्त तर्फ १ हजार ३९ जना रहेका छन् भने बहिरापन, सुस्त श्रवण लगायतका अन्यको संख्या कम छ ।
“जिल्लाको कुल जनसंख्याको झण्डै ३ प्रतिशत नागरिक अपाङ्गता भएको भेटिन्छ ।” तथ्याङ्क कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र पराजुलीले भने, “जिल्ला वस्तुगत विवरण–२०८० र जनगणना–२०७८ ले अपाङ्गताको उक्त संख्यालाई समेत पुष्टि गर्छ ।”
जनसंख्याको ठूलो हिस्सा अपाङ्गता भएको उल्लेख भएपनि झण्डै ५४ प्रतिशत अपाङ्गता भएकाले हालसम्म पहिचान खुल्ने कागजात बनाएका छैन्न । कुल अपाङ्ग मध्ये ३ हजार १९ जना अर्थात करिब ४६ प्रतिशतले मात्रै पहिचान खुल्ने वर्गीकृत परिचय–पत्र बनाएको तथ्याङ्क सामाजिक विकास कार्यालय स्याङजासँग छ ।
“हामीले हरेक पालिकामा गर्ने कार्यक्रममा वर्गीकृत परिचय–पत्र बनाउनु पर्छ भनेर अभियान नै चलाएका छौं ।” सामाजिक विकास कार्यालयका प्रमुख शोभाचन्द्र रेग्मीले भने, “परिचय–पत्र बनाउन नसक्दा राज्यको सुविधा (सामाजिक सुरक्षा भत्ता) पाउनबाट अपाङ्गहरू बिमुख छन् ।”
जिल्लाका ११ पालिकाले जारी गर्ने पहिचान खुल्ने रातो कार्ड बनाउनेको संख्या ६ सय ९४ छ भने निलो कार्ड बनाउनेमा १४ सय ७० अपाङ्ग छन् । पंहेलो कार्ड बनाउनेमा ४ सय ७५ जना छन् भने सेतो कार्डधारीको संख्या ३ सय ८० मात्रै छ ।
समयमै कार्ड नबन्दा अपाङ्गता भएका नागरिकले राज्यको सुविधा उपयोग गर्नबाट बञ्चित भएको अपाङ्ग समाज स्याङ्जाका पूर्व अध्यक्ष युवराज पराजुलीले बताए । “स्थानीय सरकार मार्फत बन्ने ४ प्रकारका कार्ड मध्ये रातो र निलो बनाएकाले मात्रै सुविधा उपभोग गर्छन् ।” पूर्व अध्यक्ष पराजुलीले भने, “पंहलो र सेतो कार्ड बनाउने त केहि पाउँदैन् ।”
स्थानीय स्तरमा राजनीति गर्नेहरुले अपाङ्गहरूको आवाज नसुन्दा ठूलो संख्याका अपाङ्गहरूले सुविधा उपभोग गर्नबाट बञ्चित बनेको सरोकारवालाहरुको भनाई छ । राजनीति गर्नेहरुले सामाजिक जागरण चलाएर परिचय–पत्र बनाउन सहयोग गर्ने हो भने सुविधाबाट बञ्चित अपाङ्गले सुविधा उपभोग गर्न पाउने उनीहरुको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
अवकाशबाट जोगिएका डीआईजी गणेश ठाडामगर सशस्त्रमा सर्वोत्कृष्ट ठहरिए
माघ ६, २०८१ आइतबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
पाकिस्तानमा सिंह बाघजस्ता खतरनाक जनावर घरमा पाल्न पाइने
माघ ६, २०८१ आइतबार
चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा चिनियाँ सांस्कृतिक कार्यक्रम
माघ ६, २०८१ आइतबार
युद्धबिराम लागु हुनु भन्दा अगाडि इजरायलको हमला जारी
माघ ६, २०८१ आइतबार
लागु औषधसहित पाँचजना पक्राउ
माघ ६, २०८१ आइतबार
अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक
माघ ६, २०८१ आइतबार