आज होलीमा रङ्गिदै मधेस
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार १५:९:७
१२ चैत, महोत्तरी । आज मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागु पूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा सुरु भएसँगै होली पर्व मनाउने परम्परा छ ।
कतिपय चाडपर्व खानपान विशेषसँग मात्र जोडिने भए पनि होली भने प्राचीन मिथिलामा कूलदेवताको आराधना गरेपछि मनाइन्छ । होलीका दिन मध्यान्हतिर इष्टदेवलाई अबिर चढाएर मालपुवा, सेलरोटी र पुरीलगायतका परिकार अर्पण गरेपछि खाने, ख्वाउने र रङ् अबिरको खेल सुरु हुन्छ ।
होली पर्व प्रेम, सद्भाव र आपसी एकताको प्रतीक मानिन्छ । यस पर्वमा घरपरिवार र समाजका कान्छा सदस्यले आफू भन्दा जेठाको चरण अबिरले पुजेर होली खेल्ने अनुमति माग्छन् । पर्वमा अबिर लगाइदिएपछि एकआपसमा अङ्कमाल गरेर शुभकामना आदानप्रदान गरिन्छ । उल्लास र उमङ्गको यो पर्वमा घरघरै मालपुवा, दालपुरी र सेलरोटी विशेष परिकार मानिन्छन् ।
यसैगरी केरा, लौका, आलु, परवल र भाण्टासहितको तरुवा घरघरै पकाइन्छ । सबैका घरमा खाने, खुवाइने यी परिकारसँगै मांसहारीले आफ्नो रुचिअनुसारको मासु पकाउने र खाने, ख्वाउने गर्छन् । पर्वमा भाङको सर्वत खाने र खुवाउने मैथिल परम्परा छ । पिसिएको भाङ पत्ती दूध, सख्खर र मरिच मिसाएर सर्वत बनाउने र खाने र खुवाउनेमा मिथिलामा होड नै चल्छ । पर्वमा समवयीबीचको होली खेल्ने परम्परा छ । यसबाहेक सालासाली÷ भिनाजु र सोल्टासोल्टीबीचको रङ् छ्यापाछ्यापले जोसुकैलाई रोमाञ्चित गराउँछ ।
मधेसमा पछिल्लो समय तीन दिन होली मनाउन थालिएको छ । हिन्दू परम्पराभित्रका फरक–फरक चलनअनुसार फरक फरक दिनका होलीमा मनाउने चलन छ । यो आपसी अन्तरघुलनले बनाएको उच्चतम संस्कृति रहेको पाका मैथिल बताउँछन् ।
मिथिलाको मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा छ । यसअनुसार आज परिक्रमा सम्पन्न भएपछि वृतभित्र भोलि होली मनाइन्छ । पछिल्ला केही दशकयता भने कतिपय ठाउँमा होलीका नाउँमा विकृति बढ्दै गएको भन्दै पाका मधेसी चिन्ता व्यक्त गर्छन् । होलीका परम्परागत विशिष्ट गीत हुँदाहुँदै अचेल भड्किला गीत र डिजे बाजाको कर्कस स्वर बढ्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार