रोकिराखेको बसमा मोटरसाईकल ठोक्किदा युवकको मृत्यु
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १३:५९:५२
१३ चैत, सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मङ्गलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका २५्२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते अर्का युवकको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । डीएसपी थारुका अनुसार मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ । घाइतेका अभिभावक सम्पर्कमा आएका र उनीहरू आएपछि मृतक र घाइतेको सनाखत हुने प्रहरीले जनाएको छ ।
दुर्घटनापछि रोकिराखेको बस प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी थारुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको शंखमूलमा आगलागी
बैशाख १६, २०८१ आइतबार
गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते
बैशाख १६, २०८१ आइतबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
इलामको मतगणना जारी, कांग्रेसका खड्का अगाडी
बैशाख १६, २०८१ आइतबार
नेपालले पाँचौ विकेट गुमायो
बैशाख १६, २०८१ आइतबार
‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
बैशाख १६, २०८१ आइतबार
भृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
ब्याट्सम्यान लोकेस बम ब्याटिङका क्रममा घाइते
बैशाख १६, २०८१ आइतबार
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
बैशाख १६, २०८१ आइतबार