मेची राजमार्ग स्तरवृद्धि गर्नेगरी सर्वेक्षण गरिँदै
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १४:५९:३२
१३ चैत, फुङ्लिङ 'ताप्लेजुङ' । ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर कायम हुने गरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो ।
मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङबजार सुकेटार खण्डमा स्तरवृद्धि गर्न सडकको सर्वेक्षण 'नापजाँच' गरिएको छ । सडक डिभिजन इलामले राजमार्ग स्तरवृद्धि गर्ने योजनास्वरुप फुङ्लिङ–सुकेटार खण्डको सडक सर्वेक्षण गरेको हो ।
सडक डिभिजनका सर्वेक्षक दीपक आचार्यका अनुसार फुङ्लिङबजारको हेलिप्याडदेखि सुकेटारसम्म करिब १० किलोमिटर सडक सर्वेक्षण गरिएको छ । हेलिप्याड बजार प्रवेशद्वारदेखि गत बुधबार सुरु गरिएको सर्वेक्षणको काम सोमबार सम्पन्न भएको सर्वेक्षक आचार्यले जानकारी दिए । सर्वेक्षणको काम सम्पन्न भएपछि प्रतिवेदन तयार पार्ने र सडक डिभिजनलाई बुझाइने उनले बताए ।
राजमार्ग स्तरवृद्धि गर्ने तत्कालका लागि बजेट नभए पनि सडक डिभिजनले योजना बनाएको उनले बताए । सडक डिभिजनको योजनाअनुसार सर्वेक्षणको काम भएको र सर्वेक्षणको अन्तिम प्रतिवेदन तयार भएपछि राजमार्ग स्तरवृद्धि योजना तथा बजेटका लागि प्रक्रिया अघि बढ्ने उनले बताए । राजमार्ग स्तरवृद्धि तत्काल गराउने गरी फुङ्लिङ नगरपालिकाले पनि पहल गरिरहेको उनको भनाइ छ ।
राजमार्ग स्तरवृद्धि गर्ने योजनाअनुसार नै फुङ्लिङ बजारभित्र सडक मापदण्ड विपरीतका संरचना यसअघि नै भत्काइएका छन् । सडक डिभिजन कार्यालयले नगरपालिकाको सहयोगमा सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका घर, टहरालगायत संरचना भत्काइएका हुन् । सडकको दायाँबायाँ १५–१५ गरेर ३० मिटर कायम हुने गरी सडक मापदण्डभित्र बनाइएका संरचना हटाइने सडक डिभिजन कार्यालयको योजना थियो ।
सडक डिभिजनको उक्त योजना भए पनि फुङ्लिङ नगरपालिकाको समन्वयमा तत्कालका लागि सडकको दायाँबायाँ साढे सात मिटरका दरले १५ मिटर कायम हुने गरी मापदण्डभित्र निर्माण भएका संरचना हटाइएका छन् । सडक फराकिलो बनाउने गरी संरचना हटाइएपछि चाँडै राजमार्ग स्तरवृद्धि तथा स्तरोन्नतिको काम थाल्नुपर्ने स्थानीयले आवाज उठाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
श्रमिक दिवसका दिन श्रम मन्त्रालयले घोषणा गर्यो श्रमदान अभियान
बैशाख १९, २०८१ बुधबार
इन्डोनेसियाको पिटी पिएलएन नुसन्तराले नेपालमा ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार