पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि खप्तडमा साइकल यात्रा गरिने
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १३:२२:१२
१४ चैत, गोदावरी । सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको भएको हो । खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी अघि बढेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए ।
आगामी वैशाखभित्रै साइकल यात्रा गर्ने गरी तयारी अघि बढिरहेको उनले जानकारी दिए । खप्तडको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा रु १० लाख बजेट विनियोजन गरिएको निमित्त प्रमुख बोहराले बताए ।
सो साइकल यात्रा डडेल्धुरादेखि खप्तडको त्रिवेणीधामसम्म गरिने योजना रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । साइकल यात्रामा सहभागी हुन चाहने व्यक्तिलाई कार्यालयको समन्वयमा ल्याउने काम भइरहेको बोहराको भनाइ छ ।
यसैगरी, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी–त्रिवेणीधामसम्म चार दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण गर्न रु ९९ लाख ९९ हजार छ सय ७५ बजेट विनियोजन गरी ठेक्का सम्झौता भइसकेको जनाइएको छ ।
सो कार्यका लागि कार्यालयले बोलपत्र आह्वान गर्दा रु ३८ लाख ५८ हजार छ सय ६८ दशमलव आठमा अपी सैपाल मार्मा कन्स्ट्रक्सन एन्ड सप्लायर्स मार्मा दार्चुलासँग ठेक्का सम्झौता गरिएको छ ।
खप्तडमा पर्यटकका लागि खाने बस्नेलगायत आवश्यक पूर्वाधार निर्माणसहितको सुविधा दिनसके आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि मात्र नभई प्रदेशको आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा २२ वटा पाटन र ५३ वटा थुम्का रहेको जनाइएको छ । खप्तड बझाङ, बाजुरा, डोटी र अछामको सङ्गमस्थलका रूपमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार