परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार १६:४:१८
१५ चैत, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ७५ वर्षीय रामस्वरुप राना यतिबेला गाउँमा होली खेलाउन व्यस्त छन् ।
गाउँका राना थारू समुदायले रानालाई एक वर्षका लागि गाउँको ‘चाकर’ नियुक्त गरेपछि उहाँलाई गाउँमा होली खेलाउने जिम्मेवारी मिलेको हो । राना समुदायले बस्तीमा भलमन्सा, चाकर र भर्रा छान्ने प्रचलन कायम राखेका छन् ।
सोहीअनुसार चालु वर्षका लागि सुन्दरपुरमा राना बस्तीको चाकर चुनिएका रामस्वरुप रानाले होलीलाई घर–घर पुर्याइरहेका छन् । “चाकर चुनिएपछि घरघरमा पुगेर होली खेल्ने विषयमा बताउने र खेलाउने काममा व्यस्त छु”, रानाले भने, “हाम्रो समुदायमा पूर्णिमादेखि सात दिनसम्म होली खेल्ने प्रचलन छ ।”
होली खकडेरा पर्व मनाएर विर्सजन गर्ने प्रचलन रहेको उनले बताए । केही दशकअघिसम्म खकडेरा पर्वपछि पनि महिना दिनसम्म होली खेल्ने प्रचलन थियो । त्यो अहिले हट्दै गएको छ । “होलीबाट सुन्दरपुरमा हामीले रु ४०–५० हजार सङ्कलन गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित रकम धार्मिककार्यमै खर्च गर्छौँ ।”
उनले परम्रागत पहिरन लगाएर सबै उमेर समूहका नागरिकले होली खेल्ने गरेको बताए। “होली खेल्ने क्रममा घरमा पुगेकाहरूलाई भोजन गराउने प्रचलन पनि छ”, उनले भने, “खेल्नेलाई मिष्ठान भोजन गराएर बिदा दिने प्रचलन पनि छ ।”
उनले राना समुदायको नयाँ पुस्ता परम्परागत होली पछ्याउँदै गइरहेको बताए । “युवायुवती नै होलीमा निकै सक्रिय भएर खेलिरहेका छन्”, उनले भने, “होली पुस्ता हस्तान्तरण पनि हुँदैछ ।” होलीमा भगवान् श्रीकृष्ण, राम र शिवको लीलाको समेत गीतमार्फत चर्चा गर्ने गरिएको छ ।
कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायको बस्तीमा यतिबेला होलीको रौनक छाएको छ । आफ्नो समुदायको भाषा, संस्कृतिको संरक्षण तथा पहिचानका लागि यो समुदायले होली खेल्ने गरेको स्थानीय बताउँछन् ।
त्यसैगरी बेदकोट नगरपालिका–६ सिसैयाका भोजराज रानाले थारू समुदायले जिउँदो र मरेको गरी दुई किसिमको होली मनाउने गरेको बताए । राना समुदायले ३० दिनसम्म (जिउँदो) होली र फागू पूर्णिमादेखि आठ दिनसम्म मरी होली (मरेको होली) चल्ने गरेको उनले बताए । फागू पूर्णिमाका दिन जलाइएको होलीको खरानीको टीका लगाउने प्रचलन छ ।
होलीको टीका लगाएको दिनदेखि राना समुदायको मरी होली सुरु हुन्छ । यो होली यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । थारू समुदायले सबैभन्दा ठूलो पर्व होलीलाई लिँदै आफ्नो भाषामा नाचगान र पहिरन लगाएर गाउँगाउँमा गएर रमाउने चलन छ ।
होलीपर्वमा वर्ष दिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्ठान खाने गरेको सम्बन्धित समुदाय बताउँछन् । होलीपर्वको राना थारू समुदायमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । दैत्य हृण्यकश्चपले शक्ति दुरुपयोग गरेर आफ्नै छोरा प्रह्लादलाई मार्न खोज्दा सत्यको जीत भएको र असत्यको पक्षमा रहेकी हृण्यकश्चपका बहिनी होलिका आगोमा भष्म भएको सम्झनामा राना थारूले होरी पर्व मनाउँछन् ।
यो पर्वका बेला नराम्रो त्यागेर राम्रो चिज तथा विचारधारा अगाल्ने जनविश्वाससमेत रहेको छ । युवायुवतीले रातिको समयमा होली नाचगान गरेर पर्व मान्ने प्रचलनलाई थारू समुदायमा जिउँदो होलीको सङ्ज्ञा दिइन्छ ।
राना थारूले होलीपर्वका अवसरमा आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने प्रचलन कायम छ । होलीको अन्तिम दिन भुसेन (देवताको मन्दिर)मा चराइ गरेर विसर्जन गरेपछि विधिवत रूपले होरीपर्वको समापन हुने गर्दछ ।
भीमदत्त नगरपालिका–१४ स्थित राना थारू सामुदायिक घरबास (होमस्टे)का सचिव चेतराम रानाले मरी होलीको रौनकता बढेको बताए । “एक महिनासम्म खेल्ने गरेको जिउँदो होली खेल्ने क्रम हटिरहेको छ”, उनले भने, “समय क्रमअनुसार यो होलीको प्रभाव घट्दै गयो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार