स्काउटको जग्गा फिर्ता गर्ने प्रकृयातर्फ अग्रसर, सांसद खड्काको बदमासी भएको मन्त्रालयलाई स्काउटको जवाफ
नेपालबहस संवाददाता
चैत १७, २०८० शनिबार १४:२६:३१
१७ चैत, काठमाडौं । नेपाल स्काउटको जग्गा अनधिकृत रुपमा भोगचलन गरेको र बुझाउनु पर्ने बक्यौता समेत नबुझाएको विषयमा सांसद दीपक खड्काले सञ्चालन गरेको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिका बारेमा युवा तथा खेलकुद मन्त्रालय र गृह मन्त्रालयलाई स्काउटले सबै जानकारी दिएको छ ।
दुई दिन अघि गृहमन्त्री रवि लामिछानेले समेत चासो राखेपछि शुक्रबार मन्त्रालयमा उपस्थित भई नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र सचिव रविलाल पन्थलाई लिखित जानकारी गराएका हुन् । गृहमन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई स्काउटको जग्गा खाली गराउन निर्देशन दिएको दुई दिनपछि प्रमुख आयुक्त रञ्जितले तालुक मन्त्रालयलाई लिखित जानकारी गराएका हुन् ।
‘सांसद दीपक खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिले कब्जा गरेको नेपाल स्काउटको जग्गा विषयमा बुधबार युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई ६ बुँदे जानकारी माग गरेकोमा शुक्रबार त्यसको प्रतिउत्तर दिइएको हो’, स्काउट स्रोतले भन्यो । शुक्रबार मन्त्रालयमा उपस्थित भई नेपाल स्काउटका नवनियुक्त प्रमुख आयुक्त रञ्जितले युवा तथा खेलकुद मन्त्री श्रेष्ठ र सचिव रविलाल पन्थलाई लिखित जानकारी गराएको पनि स्काउटका एक अधिकृतले जानकारी दिए । ‘सांसद दीपक खड्काले कब्जा गरेको जग्गा खाली गराउन र करिब साढे छ करोड बाँकी बक्यौता तिराउन के कस्ता प्रयास गरिरहेको छ भनी प्रमुख आयुक्त रञ्जितलाई जिज्ञासा राखेका थिए’, स्रोतले भन्यो ।
प्रमुख आयुक्त रञ्जितलाई नेपाली कांग्रेसले नियुक्त गरेका कारण बक्यौता उठाउन र जग्गा खाली गराउन आलटाल गर्दै आएका थिए । कांग्रेस सांसद दीपक चाहना र दबाबमा पूर्वमन्त्री डिग बहादुर लिम्बुले गत फागुन १३ गते रञ्जितलाई नियुक्ति गरेका थिए । युवा तथा खेलकुदमन्त्री श्रेष्ठले यही चैत १२ गतेसम्ममा स्काउटको जग्गा फिर्ता गराउने घोषणा गरेका थिए । अदालतबाट मुद्दा जितेपछि स्थानीयदेखि प्रदेश सरकार हुँदै संघ सरकार एवं राष्ट्रपतिसम्म उजुरी लिएर जाँदा पनि एउटा सरकारी निकायको कतै सुनुवाइ भएको छैन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक खड्काले सत्ता र पहुँचकै भरमा सरकारका सम्पूर्ण मेसिनरीलाई पंगु बनाएका छन् र सुशासनको कुरा गरेर नथाक्ने उनकै दल र सत्तारुढ दलका नेतृत्व टुलुटुलु हेरेर बसिरहेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद खड्काले २०६५ सालमा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको नाममा काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको तीन रोपनी १० वर्षका लागि भाडामा लिएका थिए । उनको करार अवधि २०७५ सालमै सकिएको छ । तर उनले न करार सम्झौता नवीकरण गराएका छन् न त जग्गा नै छाडेका छन् । अहिले पनि खड्काले लैनचौर ब्याङ्केट र च्वाइस रेस्टुरेन्ट यही जग्गामा सञ्चालन गरिरहेका छन् । यो मात्र होइन, उनले नेपाल स्काउटकै थप ९ रोपनीसमेत अनधिकृत रुपमा प्रयोग गरिरहेका छन् । राजनीतिक प्रभावमा खड्काले स्काउटकै ४८ वटा सटर भएको व्यावसायिक भवनसमेत १५ वर्षदेखि भाडामा लगाइरहेका छन् । तर जग्गा भाडाबापत स्काउटलाई तिर्नुपर्ने ६ करोड ३० लाख रूपैयाँभन्दा बढी रकम तिरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार