दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा
नेपालबहस संवाददाता
चैत १७, २०८० शनिबार १६:५६:८
१७ चैत, गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडौंमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौं गएकी आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो ।
अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थियो । घर फर्कंदै गरेका तीन गाडीमध्ये दुई गाडी मुग्लिन पुगेर रोकियो । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कंदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन ।
निक्कैबेर प्रतिक्षापछि पनि गाडी नआएपछि अनेक शङ्काउपशङ्का बढ्दै गयो । मुग्लिन पुगेका आफ्न्तले प्रहरीलाई जानकारी गराए । तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात प¥यो ।
घटनालगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट पाँच जनाको शव निकाल्यो । घटनामा परेका एक जना अझै बेपत्ता छन् । क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गर्नुभएकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्कनु हुने छैन ।
जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाएकामा उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल, नौ वर्षीय नाति आगमन उपरकोटी ९मृतक हरिमायाका छोरा० भएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी बेपत्ता हुनुभएका १८ वर्षीया दिवस रोका क्यान्सर रोगबाट निधन हुनुभएका शङ्करका छोरा हुन् ।
मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ । अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरुसमेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला
बैशाख २४, २०८१ सोमबार
कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापक रिजालको निधन
बैशाख २३, २०८१ आइतबार
कीर्तिपुरमा यात्रु बस दुर्घटना, एक जनाको मृत्यु
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई छलफल बोलाए
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार