भक्तपुरमा वाल तपस्वीनीको संकल्पमा महायज्ञ
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार १५:१२:५१
१८ चैत, भक्तपुर । भक्तपुरको प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा रहेको मूर्ति मर्मत गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ श्री गणेश पुरान महायज्ञ सुरु भएको छ । सूर्यविनायकको गणेश भगवानको शिरमा रहने क्षेफको मूर्ति मर्मतका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गरिएको हो । महायज्ञ २० गतेसम्म चल्ने जनाइएको छ ।
सूर्यविनायक गणेश मन्दिर परिसरमै महायज्ञ भइरहेको हो । वाल तपस्वीनी माता श्री भुवनेश्वरीको सत संकल्पमा महायज्ञ भइरहेको हो । वाचन प्रविण पण्डित श्री अचयतुप्रसाद खनालको मुखारविन्दवाट वाचन भइरहेको छ ।
महायज्ञको क्रममा प्रत्येक दिन बिहान दसबजेदेखि १२ बजेसम्म गणेश पुराण वाचन भइरहेको हो । दिउँंसो दुईबजेदेखि चार बजेसम्म संगीतमय गणेश पुरान प्रवचत भइरहेको छ । साँंझ सात बजेदेखि ९ बजेसम्म महात्मय भजन कीर्तिन हुने कार्यक्रम भइरहेको हो । चैत २० गते तिल अर्पण, पूर्णाहुति लक्ष्य वतीका महाप्रसादी समापन हुने आयोजक श्री गणेश पुराण मूल आयोजक समितिले जनाएको छ । कार्यक्रमको संकल्पकर्ता माता भुवनेश्वरी लक्ष्मी रहेकी छिन् ।
महायज्ञमा आर्थिक संकलन हुने कार्य पनि निरन्तर जारी रहेको छ । स्थानीय तथा विभिन्न ठाउँंहरुबाट आएका भक्तजनहरुबाट गच्छेले भ्याए अनुसार सहयोग प्राप्त भइरहेको जनाइएको छ ।
स्थानीय यज्ञबहादुर कार्कीले आफूले सकेको पाँंच हजार एक रुपैयाँं दान गरेको बताए । मन्दिरको मूर्ति मर्र्मत गर्ने उच्च काम रहेकाले सहयोग प्रदान गरेको उनले बताए । मन्दिरभित्रको गणेश भगवानको शिरमा रहने क्षेफको मूर्ति मर्मतका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार