म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार ११:३०:२
१९ चैत, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण गरिएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो ।
पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर देखिएको डाडागाउँका टुकमान जुग्जालीले बताए । “उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाहे भएको थियो”, उनले भने, “पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज भएको छ ।”
पदमार्ग बनेपछि बिम र डाँडागाउँमा तीन सय परिवार लाभान्वित भएका छन् । बालबालिका र ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०८१ मा बिनियोजन गरेको रु ३० लाखमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष शरणकुमार जुग्जालीले बताए।
“बिम तल्लो गाउँमा ४२५ मिटर र डाँडागाउँमा २५० मिटर पदमार्ग बनाएका छौँ”, उनले भने, “तेर्सोमाढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ ।”, पदमार्गमा मोटरसाइकल र साइकल पनि गुडाउन सकिन्छ ।
माटे पदमार्गमा बर्सात हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको छ । बिम र डाँडागाउँ धार्मिक पर्यटकी स्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् । मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण
बैशाख २१, २०८१ शुक्रबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
बैशाख १७, २०८१ सोमबार
सेनाको प्राविधिक सहयोगमा किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार