बाइडेन र जिनपिङबीच टेलिफोन कुराकानी
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १०:५०:४१
२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले फोनमा कुराकानी गरेका थिए ।
सो कुराकानीमा द्विपक्षीय सम्बन्ध, लागूऔषधविरुद्धको अभियान र जलवायु परिवर्तनलगायत क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूबारे छलफल भएको अमेरिकी मिडियाहरुले बताएका छन् ।
यसअघि दुई नेताबीच सन् २०२३ नोभेम्बरमा क्यालिफोर्नियाको वुडसाइडमा भएको शिखर सम्मेलनमा भेट भएको थियो । त्यसपछि दुवैबीच पहिलो पटक फोनवार्ता भएको हो ।
गत जनवरी २७ मा जर्मनीको म्यूनिखमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटघाट भएको थियो । त्यसैको परिणामस्वरूप दुई देशका राष्ट्रपतिबीच फोनवार्ता भएको बताइएको छ । यो कुराकानीले दुई देशबीचको तनाव कम गर्न गहन कूटनीतिको महत्त्वलाई उजागर गरेको विश्लेषण गरिएको छ ।
वार्ताका क्रममा अमेरिकी राष्ट्रपतिले दक्षिण चीन सागरमा चीनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका थिए । विवादित दक्षिण चीन सागरको लगभग सम्पूर्ण भाग चीनले दाबी गर्दै आएको छ । यद्यपि ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामले पनि यसको केही भाग दाबी गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार