बल्खुस्थित साझाको पम्पबाट २४ सै घण्टा पेट्रोलियम पदार्थ वितरण
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १६:५१:४८
२१ चैत, काठमाडौं । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गरे ।
कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताए । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए।
उनले निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाँचो औँल्याए । मन्त्री भण्डारी आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रह बमोजिम पेट्रोलियम पदार्थ वितरण चौबीसै घण्टा गर्ने शुरुआत गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
उनका अनुसार मन्त्रीको निर्देशन बमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबीसै घण्टा गरिने छ । कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डीकाप्रसाद भट्टलगायत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
सामाजिक सुरक्षा कोष: १८ लाख नजिक श्रमिक, ९९ अर्ब १८ करोड लगानी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार