देश धेरै अस्थिर भयो, अब कांग्रेस र एमाले मिल्नुपर्छः शेखर
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १४:५:१७
२२ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशले नेपाली कांग्रेस र नेकपा एमालेबीचको एकता चाहेको बताएका छन् । उनले देश कठिन मोडमा पुगिसकेको भन्दै दुई ठूला दल कांग्रेस र एमालेले पार्टीको सिद्धान्तलाई हेरेर चुप बस्न नमिल्ने बताएका छन् । कांग्रेस र एमाले मिलेर देशको बागडोर सम्हाल्नुपर्ने उनको भनाइ छ ।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न कांगेस र एमाले एक ठाउँमा उभिनु पर्ने बताए । अहिले देश अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै उनले गठबन्धनको सरकारले देशको आर्थिक विकास हुने सम्भावना नरहेको जिकिर गरे । कोइरालाले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताउँदै स्थिर सरकार दिनुपर्ने र यो दुई ठूला दल नमिलि नहुने बताए ।
विगतका अनुभव हेर्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उनले देशलाई विकास गर्न नेकपा एमाले र कांग्रेस मिल्नैपर्ने बताए । उनले भने, ‘देश अप्ठ्यारो परिस्थितिमा छ । अहिलेको गठबन्धनले देशको आर्थिक विकास हुने सम्भावना छैन । राजनीतिक स्थिरता पनि हुँदैन भन्ने कुरा हरेक प्रदेशमा आइसकेको छ । हरेक वर्ष सरकार परिवर्तन हुन थाल्यो भने अप्ठ्यारो हुन्छ । अबको बाँकी समय कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ ।’
उनले पहिलो संविधानसभाका बेला चार जना प्रधानमन्त्री कम्युनिष्टबाटै बन्दा पनि संविधान नबनेको प्रसंग उठाउँदै संविधान बनाउन नेपाली कांग्रेस र एमाले नै चाहियो, देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनु पर्ने बताए । कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कोइरालाले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए । कोशी सरकार विघटन भए मध्यावधिमा जाने स्पष्ट रहेको कोइरालाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार