कांग्रेस नेतृ सोनिया गान्धी बनिन् राज्यसभा सांसद
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १६:३९:३६
२२ चैत, काठमाडौं । भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले राज्यसभा सांसदको शपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् । बिहीबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई शपथ गराएका हुन् ।
सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरू-गान्धी परिवारका सदस्यले राज्यसभा सांसदको रूपमा शपथ लिएको यो तेस्रो पटक हो । यसअघि इन्दिरा गान्धी र उमा नेहरु राज्यसभा सांसद बनेका छन् ।
उमा नेहरू भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका काकाकी पत्नी थिइन् । उमाको कार्यकाल सन् १९६२–६३ मा थियो । त्यही क्रममा इन्दिरा गान्धी सन् १९६४ मा राज्यसभामा पुगिन् । इन्दिरा गान्धी सन् १९६४ देखि १९६७ सम्म राज्यसभा सदस्य थिइन् । दुवै नेताले राज्यसभामा उत्तर प्रदेशको प्रतिनिधित्व गरेका थिए ।
जब इन्दिरा पहिलो पटक प्रधानमन्त्री बनिन्, उनी राज्यसभाको सदस्य थिइन् । सन् १९६७ को लोकसभा चुनावमा उनले रायबरेली सिटबाट चुनाव लडेर जितिन् । त्यसपछि उनले राज्यसभाको सदस्यता त्यागेकी थिइन् ।
सोनिया गान्धी यसअघि १९९९ देखि लगातार लोकसभा चुनाव जित्दै आएकी थिइन् । सन् १९९९ मा सोनिया उत्तर प्रदेशको अमेठी सिटबाट जितेर लोकसभामा पुगिन् । यसपछि सन् २००४ मा उनका छोरा पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धी चुनावी राजनीतिमा प्रवेश गरे । राहुल अमेठी सिटबाट र सोनिया रायबरेली सिटबाट चुनाव लडेकी थिइन् ।
रायबरेली सोही सिट थियो जहाँबाट सोनियाकी सासु इन्दिरा गान्धीले चुनाव लडेकी थिइन् । सोनियाले २००४, २००९, २०१४ र २०१९ मा लगातार चार पटक रायबरेली सिटबाट चुनाव लडेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार