उपनिर्वाचनका लागि इलाममा शर्मा र बझाङमा साउद तोकिए संयोजक
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १२:५७:८
२५ चैत, काठमाडौं । नेपाली कांग्रेसले वैशाख १५ मा हुने उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मा र नेता एनपी साउदलाई पार्टीका तर्फबाट संयोजक तोकेको छ । कांग्रेसले इलाम–२ र बझाङको प्रदेश सभा १ (क) को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको हो ।
इलाम–२ का लागि महामन्त्री शर्मा र बझाङ प्रदेश सभा १ (क) का लागि नेता एनपी साउद संयोजक तोकिएको कांग्रेसले जनाएको छ । कांग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस इलामका सभापति खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।
सिंह सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । इलाम–२ र बझाङको चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गर्ने जिम्मा उनीहरुलाई दिइएको छ । केन्द्रीय नेता देखि स्थानीय नेता तथा कार्यकर्ता परिचालन गर्न उनीहरुले भूमिका निभाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार