मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १३:३५:९
२६ चैत, मोजाम्बिका । मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ ।
रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना वेपत्ता रहेका र पाँच जनालाई जिवितै उद्धार गरिएको छ । दुर्घटनामा बालबालिका र महिलासमेतको मृत्यु भएको बताइएको छ ।
मोसुरिल जिल्लाबाट उडेको जहाजले १३० यात्रु बोकेको नाम्पुला प्रान्तका एक मन्त्री जैमे नेटोले जानकारी गराए ।
नेटोले आरएमलाई हैजाको प्रकोपको बारेमा गलत सूचनाका कारण आतङ्कित यात्रुहरूले आफ्नो मूल बाटो छोडेर उक्त डुङ्गामा चढेका र दुर्घटनामा परेका बताएको छ ।
दुर्घटनामा परेको डुङ्गा धेरै मानिसहरू चढ्नको लागि नभई माछा मार्ने प्रयोजनको लागि तयार गरिएको भएता पनि हैजाको प्रकोपको बारेमा गलत सूचना आतङ्कका कारण उनीहरू हतारिएर निकै खचाखचरूपमा भरिएको उक्त डुङ्गामा चढेको नेटोले बताए।
दुर्घटनामा परी बेपत्ता व्यक्तिहरूको खोजी जारी राख्दै दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरूले बहुक्षेत्रीय टोली गठन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार