ट्र्याक खुलेको २० वर्षपछि गलुवा–भकुण्डे सडक कालोपत्र हुँदै
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १३:५६:४७
२६ चैत, बागलुङ । २०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् ।
बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो । गलुवा–काउले–देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ ।
बागलुङ नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड गरी रु १० करोड लागत अनुमान गरिएको सडक रु सात करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीसँग दुई वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो ।
“बीस वर्ष अघि हामीले चन्दा उठाएर सडक खनेका थियौँ, पहिला तित्याङबाट खनिएको सडक पछि छोटो बनाउन गलुवाबाट भकुण्डे जोडिएको थियो । ट्र्याक खोलिएको २० वर्षपछि कालोपत्र हुन लागेको छ,” स्थानीयवासी नरबहादुर थापाले भने, “जनताले श्रमदान र चन्दा दिएर खनेको सडक कालोपत्र हुन लागेकोमा हामी खुसी छौँ ।”
बागलुङ नगरपालिका–१० भकुण्डेका वडा अध्यक्ष तिलबहादुर थापाले भकुण्डे पुग्ने ६ किमि सडक कालोपत्रको योजना रहेकोमा पहिलो चरणमा तीन किमि सडक कालोपत्रको पूर्वाधार निर्माण भइसकेको जानकारी दिए । हाल सडक चौडा बनाउने, नाली, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम सकिएको अध्यक्ष थापाले बताए ।
सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर सोविन घर्तीले जानकारी दिए । सम्झौता भएको नौ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेपनि सङघ सरकारबाट चालु आर्थिक वर्षमा थप बजेट नआउँदा कालोपत्र गर्न ढिलाइ हुने नगरपालिकाले जनाएको छ ।
विसं २०८२ जेठ १९ गते सक्नुपर्ने कालोपत्रको काम त्यस अगावै सक्ने तयारीमा निर्माण व्यवसायी थिए, तर बजेट अभावले आगामी आर्थिक वर्षसम्म काम सकेर नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।
“कामको गति तीव्र थियो,” इञ्जिनीयर घर्तीले भने “बहुवर्षीय ठेक्का भएका कारण आगामी वर्षसम्म ठेक्का धकेलिएको हो, उक्त सडक कालोपत्र सकिएलगत्तै थप तीन किमिका लागि ठेक्का लगाउने तयारी नगरपालिकाको छ ।”
यस्तै नगरपालिकाको पञ्चकोट पुग्ने सडक कालोपत्र गर्न सङ्घीय सरकार र बागलुङ नगरपालिकाको समपूरक योजनामा रु १० करोड लागत मूल्याङ्कन गरेर स्विकृतिका लागि पठाइएको घर्तीले बताए । भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएको गाउँ हो । तर सडक स्तरोन्नती नहुँदा पर्यटकले सास्ती भोग्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार