दक्षिण गाजाको खान युनिस शहरबाट पछि हट्यो इजरायली सेना
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १४:२४:४४
२६ चैत, काठमाडौं । इजरायली सेना दक्षिण गाजाको खान युनिस शहरबाट पछि हटेको छ । इजरायली सेनाले खान युनिस शहरबाट सेना फिर्ता गरिसकेको जानकारी दिएको हो ।
यसै क्रममा इजरायली रक्षामन्त्री योभ गालान्टले खान युनिसबाट पछि हटेपछि इजरायली सेनाले रफाह सहरमा जमिन आक्रमणको तयारी गरिरहेको बताएका छन् । युद्ध सुरु भएदेखि नै यहाँ हवाई आक्रमण हुँदै आएको थियो ।
अमेरिकी मिडिया न्यूयोर्क टाइम्सका अनुसार इजरायली सेनाले खान युनिसमाथि ४ महिनाअघि हमला गरेको थियो । यसैबीच, सहर फर्केका मानिसहरूले चारैतिर फोहोर मात्रै देखिने गरेको बताउँछन् ।
सेनाको पछि हटेको सुनेपछि खान युनिस फर्केकाले कुनै सहर बाँकी नरहेको र भग्नावशेष मात्रै देखेको बताएका छन् ।
२०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपाची शुरु भएको यस युद्धमा अहिलेसम्म गाजामा ३३ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । यसमा १३ हजारभन्दा बढी बालबालिका छन् । अल जजीराको रिपोर्ट अनुसार हरेक दिन करिब १८० जनाको मृत्यु भइरहेको छ । ७५ हजारभन्दा बढी घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार