सेलायो गृहमन्त्री लामिछानेको चुरिफुरी, ललितानिवास र सुन तस्करीको अनुसन्धान गर्ने बज्राचार्य किन गुमनाम ?
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १७:४८:१२
२७ चैत, काठमाडौं । फागुन २१ मा नयाँ गठबन्धन गरेसँगै नेपाल प्रहरीका एआईजीसहित केही अधिकारीहरूलाई कारवाहीको हल्ला गरियो । उनीहरुलाई कार्यक्षेत्रबाट हटाइयो र नयाँ अधिकृतहरूलाई लगियो । यतिसम्म गरिँदा गृहमन्त्री रवि लामिछानेले निकै चुरिफुरी पनि देखाएका थिए । विगतमा ललितानिवास सम्बन्धी चर्चित जग्गा प्रकरणको अनुसन्धान गरी अदालतसम्म पुर्याउन सफल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)किरण बज्राचार्यलाई सुन तस्करीमा अनुसन्धान गर्दा कमजोरी गरेको देखाउँदै सरुवा गरियो ।
उनलाई कारवाही स्वरूप सरुवा गरिएको थियो । ‘निकै प्रचारबाजी गरेर सरुवा गरिएको थियो तर कारवाही के भयो भन्ने जानकारी छैन’, गृह मन्त्रालयका एक अधिकारीले भने । हाल उनी कार्य विभागमा रहेकी छिन् । तर कोही कसैसँग पनि सम्पर्कमा रहेकी छैनन् । उनी कार्यालय आउने र कसैसँग पनि भेटघाट नगरी घर फर्कने गरेकी छिन् । सुन तस्करी जाँचबुझ आयोगले एआईजी बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको थियो । ब्यूरोले करिब ६१ केजी र भेपमार्फत भएको सुन प्रकरणको अनुसन्धान गरेको थियो ।
अनुसन्धानमा सीआईबीको गम्भीर त्रुटि देखिएको आयोगको अनुसन्धान निष्कर्ष थियो । ६० किलो सुन अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि आयोगले कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करीमा संलग्न आरोपी जीवन चलाउने प्रति एआईजी बज्राचार्य ‘नरम’ देखिएको आयोगको ठहर छ । चलाउनेलाई सीआईबीले प्रतिवादी कायम गरे पनि सुरुमा कागज गरेर छाडेको छानबिनबाट देखिएको छ । दाहाल सुन तस्करीको अनुसन्धानमा संलग्न थिए भने कुँवर ललितानिवास जग्गा प्रकरणको अनुसन्धानमा संलग्न थिए ।
प्रतिवेदनले दोषी ठहर गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन कार्यान्वयनमा उत्साह देखाउँदै बज्राचार्यलाई सरुवा गरेका थिए । त्यति मात्र होइन उनले अन्य प्रहरीलाई पनि कारवाहीको डण्डा तयार गरेका थिए । तर गृहमन्त्रीले प्रहरीलाई कारवाही गर्न गलत तथ्य प्रयोग गरेको खुलासा भएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगम कुँवरमाथि कारवाहीमा आयोगको प्रतिवेदनमा उल्लेख गरेको तथ्य र तथ्यांक गलत भेटिएको छ । सुन तस्करीमा फरार आरोपित जीवन चलाउने बीचको फोन सम्पर्कको बारे गलत रिपोर्ट तयार पारी उल्लेख गरेको, त्यही रिपोर्टलाई आधार मानेर कारवाही गरिएको चर्चा बढी छ ।
सो आयोगले डीएसपी कुँवर र चलाउने बीच ०७९ पुस १६ देखि ०८० भदौ २५ गतेसम्म दुई हजार ४१० पटक फोन सम्पर्क भएको उल्लेख गरेको छ । तर, कुँवरले सुन्धारास्थित नेपाल टेलिकमको कार्यालयमा निवेदन दिएर आइतबार निकालेको ‘कल डिटेल’मा उक्त अवधिमा उनीहरूबीच ८२ पटक मात्र फोन सम्पर्क भएको देखिएको थियो । डीएसपी कुँवर र चलाउने दुवै अछामका बासिन्दा भएका कारण एक अर्कासँग परिचित रहेको भएर पनि उनीहरूबीच कुराकानी हुने गरेको बताइएको छ ।
डीएसपी कुँवरले अछामकै चिने जानेको मानिस भएकाले चलाउनेसँग फोन सम्पर्क हुने गरेको तर त्यसका कुनै पनि प्रकारको कारोबार र अनैतिक कुराकानी कहिल्यै नभएको बताउँदै आएका छन् । सुन तस्करी जाँचबुझ आयोगले लगाएको आरोपजस्तो चलाउनेसँग सुन तस्करीबारे कुराकानी नभएको र उनले गरेको कारोबार बारे केही पनि जानकारी नभएको बताउँदै आएका छन् ।
सुन तस्करी जाँचबुझ आयोगले भने चलाउनेसँग फोन सम्पर्क देखिएको भन्दै उनलाई विभागीय कारबाही सिफारिस गरेको थियो । आयोगको सिफारिसपछि उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । उनीबाहेक चलाउनेसँग अरू प्रहरी अधिकारीको पनि फोन सम्पर्क देखिएको छ । तर, कुँवरलाई मात्र कारबाही सिफारिस गरिएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धानमा उनी संलग्न थिएनन् ।
सो प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको समेत कमजोरी देखिएपछि एसपी सञ्जय थापा, डीएसपी दुर्गा दाहाललाई पनि प्रहरी प्रधान कार्यालय तानिएको छ । थापाको स्थानमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा निकट रहेका शान्तिराम कोइरालालाई नुवाकोट पठाइएको छ । उता हालका सीआईबी प्रमुख श्यामलाल ज्ञवालीको पनि चलाउनेसँग सम्पर्क देखिँदा पनि गृहमन्त्री र प्रहरी महानिरीक्षक वसन्त कुँवर मौन रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार