जर्मनीमा आपराधिक गतिविधि बढ्दो
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १४:८:२४
२८ चैत, बर्लिन । जर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन् । सङ्घीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा अपराधमा वार्षिक ५.५ प्रतिशतले वृद्धि भएको र सन् २०२३ मा यससम्बन्धी ५९ लाख ४० हजार मुद्दा दर्ता भएको जनाएको छ । उक्त प्रतिवेदनमा दुई लाख १४ हजारभन्दा बढी अर्थात् ८.६ प्रतिशतले हिंसात्मक अपराधहरू बढेका देखिएको छ ।
सरकारले कानूनी रूपमा नै हिंसाविरुद्ध कडा कदम चाल्ने र यहाँ हिंसामा शून्य सहनशीलता लागू गराउने प्रयास भइरहेको सङ्घीय गृहमन्त्री न्यान्सी फेसरले बताए ।
उनले विशेष गरी आपराधिक गतिविधिमा बालबालिका, किशोरकिशोरी र विदेशीको सङ्ख्यामा तीव्र वृद्धि भएको बताए । प्रतिवेदनले यो तथ्याङ्क क्रमश १२ प्रतिशत, ९.५ प्रतिशत र १३.५ प्रतिशतले बढेको देखाएको छ ।
हिंसा नियन्त्रणका लागि बनाइएका कडा नियमहरू लागू गरिनुपर्ने र देशमा रहेका विदेशी अपराधीले छिट्टै जर्मनीबाट फिर्ता हुनेमा गृहमन्त्री फेसरले जोड दिए । सन् २०२२ मा ‘अत्यधिक आप्रवासी तथ्याङ्क’ प्रकाशित गरेपछि सरकारले अवैध प्रवेश रोक्न कडा सीमा नियन्त्रण उपायहरू लागू गरेको छ ।
गत महिना रुसमा १४० जनाभन्दा बढीको ज्यान गएको आतङ्कवादी हमलालाई उद्धृत गर्दै ‘युरोपियन च्याम्पियनसिप–२०२४’ को समयमा सीमा नियन्त्रणहरू अझ कडा बनाइने उनले बताए ।
आतङ्कवादको खतरा तथा हालका वर्षहरूमा अन्य अपराधहरूमा पनि वृद्धि भएको छ । ‘फ्राइडरिच एबर्ट फाउन्डेसन’ द्वारा प्रकाशित सर्वेक्षणअनुसार विशेष गरी दक्षिणपन्थी विचारहरू व्यापक हुँदै गइरहेका र आठ प्रतिशत मानिसहरूले त्यस्ता विचार राख्ने गरेको उल्लेख गरिएको छ ।
जर्मनीमा राजनीतिज्ञहरूले विदेशीद्वारा हुने अपराधमा भएको वृद्धिलाई बढाइचढाइ नगर्न आग्रह गरिरहेका छन् । ब्रान्डनबर्गका आन्तरिक मन्त्री माइकल स्टुबगेनले ‘आपराधिक गतिविधिमा लाग्ने विदेशी’ को सङ्ख्या चिन्ताजनक रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार