मार्च महिनाले बनायो विश्वव्यापी गर्मीको नयाँ कीर्तिमान
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार ८:४८:४
२९ चैत, काठमाडौं । सन् २०२४ मार्चले विश्वमा सबैभन्दा बढी गर्मि भएको महिनाको रुपमा रेकर्ड राखेको छ। बितेको १० महिनामा हरेक महिनाले गत महिनाको तापक्रम रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाउँदै आएको युरोपेली युनियनको जलवायु परिवर्तन अनुगमन सेवाले जनाएको छ।
युरोपेली युनियनको जलवायु परिवर्तन अनुगमन सेवाका अनुसार ‘ यो मार्च महिना सहित त्यस अघिका १२ महिना विश्वको इतिहासमा सबैभन्दा बढी तापमान भएको महिनाहरूको रुपमा देखिएको छ।
अनुगमन सेवाको उपनिर्देशक समन्था बर्गेशका अनुसार ‘हरेक महिना तापक्रम बढिरहने प्रवृत्ति चिन्ताको विषय हो । तापक्रमको रेकर्ड बढ्दै जानु पृथ्वीमा तीव्र रूपमा जलवायु परिवर्तन भइरहेको कुराको साक्षी हो”।
युरोपेली युनियनको जलवायु परिवर्तन अनुगमन सेवासँग सन् १९४० देखिको विश्व तापक्रम र मौसम सम्बन्धी जानकारी रहेको छ। सो सेवाका अनुसार गएको मार्च महिना औद्योगिक क्रान्तिपूर्व समयदेखिको सबैभन्दा बढी गर्मी महिनाको रूपमा देखिएको छ। यसका साथै सन् २०२३ पृथ्वीको इतिहासमा सन् १८५० पछिको सबैभन्दा गर्मी वर्षको रुपमा रहेको छ।
चरम मौसम र असाधारण तापक्रमले यसवर्ष पनि विनाश निम्त्याएको छ। एमेजोनको खडेरी, भेनेजुएलाको डढेलो साथै दक्षिण अफ्रिकाको खडेरीहरु यसका केही उदाहरणहरू हुन्। विभिन्न ठाउँका खडेरीहरूले गर्दा लाखौं मानिसहरुले भोकमारीको सामना गर्नुपरेको छ।
त्यस्तै जैविक तथा समुन्द्री जीव जनावर सम्बन्धी विशेषज्ञ तथा वैज्ञानिकहरूले बढ्दो तापक्रम र चरम मौसमले समुन्द्री जीवनचक्रलाई पनि धेरै असर परिरहेको र अहिलेको अवस्था विश्वको इतिहासमा सबैभनद खराब अवस्था रहेको बताउँदै आएका छन्।
असाधारण गर्मीको मुख्य कारण मानव उत्सर्जीत हरितगृह ग्यास नै हो। यसका साथै तापक्रम बढाउने अन्य कारणहरुमा पूर्वी प्रशान्त महासहरको सतहमा पानीलाई न्यानो बनाउने ‘एल निनो’ मौसम प्रवृत्ति रहेको छ।गएको पाँच महिनामा यो मौसम प्रवृत्ति केहि कम भएपनि विश्वको औसत समुद्री सतहको तापक्रम भने सबैभन्दा बढी रहेको सो सेवाले बताएको छ ।
इम्पेरियल कलेज लन्डनको ग्रान्थाम संस्थाका जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोको अनुसार बढ्दो गर्मि र तापक्रमको मुख्य कारण नै जीवाश्मन इन्धन उत्सर्जन हो। ओटो भन्छन् – “यसको उत्सर्जनलाई कम गर्न असफल भएमा पृथ्वीको तापक्रम बढ्दै जाने र परिणामस्वरूप चरम खडेरी, आगलागी, तातो हावा र भारी वर्षाको सामना गर्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार