४० दिनमै सत्ता समीकरणमा विभाजनको बिजारोपण
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार १४:१२:२६
३ वैशाख, काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेको ४० दिनमा नै विभाजनको रेखा कोरिएको छ । सुदुरपश्चिममा सरकार बनाउने क्रममा पूर्व सहमति अनुसार नगरेको भन्दै एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेपछि त्यसको धक्का नयाँ समीकरणलाई पर्ने विश्लेषण गरिएको छ । हालको सत्ता समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीमा, जसपा र एकीकृत समाजवादी रहेका छन् ।
यसअघि केन्द्रमा नयाँ समीकरण बनाउँदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो तर आइतबार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने निष्कर्षमा समीकरणका प्रमुख नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल झस्किएका छन् । उनले यसअघिको सहमति पालना नगरेको र आफुहरुलाई धोका भएको विश्लेषणसहित सुदुरपश्चिममा कांग्रेससँग सहकार्य गरेका थिए ।
अब सुदुरपश्चिममा कांग्रेस, एकीकृत समाजवादी, नाउपा र राप्रपाको सहकार्य अनुसार सरकार बनेमा यसको असर अन्य प्रदेशमा मात्र होइन केन्द्रको समीकरणमा पनि पर्ने देखिएको छ ।
अहिले एकीकृत समाजवादी मधेश प्रदेश र बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेको छ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुश्किलले विश्वासको मत पुर्याएका थिए । एकीकृत समाजवादीले सरकार छोडेमा उनी सिधै अल्पमतमा पर्छन् र सरकार ढल्ने अवस्था रहेको छ । त्यस्तै त्यस्तै १०७ सदस्यीय मधेश प्रदेशमा पनि एकीकृत समाजवादी निर्णायक अवस्थामा छ । ७ सांसद रहेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने देखिएको छ ।
मधेशमा अहिले जसपाका सरोज यादवको नेतृत्वमा सरकार छ । सरकारलाई एमालेका २५, जसपाका १९, माओवादीका ९, लोसपाको ९ तथा एकीकृत समाजवादीको ७ सांसदको समर्थन रहेको छ । एकीकृत समाजवादीले समर्थन फिर्ता लिएमा लोसपाले पनि सरकार छोड्ने बताइएको छ ।
त्यस्तै एकीकृत समाजवादीले केन्द्रको सरकारलाई समर्थन फिर्ता लिएमा केन्द्रको समीकरणलाई समेत धक्का लाग्न सक्ने देखिएको छ । गत फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा १५७ मत पाएका थिए । एकीकृत समाजवादीले समर्थन फिर्ता लिँदा सरकार सिधै अल्पमतमा नपरेपनि समीकरण भत्किने भने देखिन्छ । अहिलेको सत्ता समीकरणमा जोडिएको जसपाले मधेसको मुख्यमन्त्रीकै कारणले केन्द्रमा नयाँ समीकरणमा जोडिएको हो । मधेसको मुख्यमन्त्री गुमाउने अवस्थामा जसपा केन्द्रको समीकरणमा रहन्छ या रहँदैन भन्न नसकिने बताइएको छ ।
सुदुरपश्चिममा सरकार बन्ने क्रममा रहेको र एकीकृत समाजवादीको भूमिका अहिले पनि शंकास्पद रहेकोले नयाँ सत्ता समीकरण भत्कियो भन्न अहिले हतार नै हुन्छ । सुदुरपश्चिममा प्रदेश प्रमुखले मंगलबार सांसदहरुको सनाखत गरेर निर्णय लिने बताइएकाले त्यसपछि मात्र एकीकृत समाजवादीको भूमिका स्पष्ट हुने छ । सनाखतमा पनि एकीकृत समाजवादीले नाउपाका लक्ष्मण किशोर चौधरीको पक्षमा लागेमा यसले केन्द्रको सत्ता समीकरणमा फुटको बिजारोपण भने अवश्य हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमाजलाई अगाडि बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छः उपप्रधानमन्त्री सिंह
माघ १०, २०८१ बिहिबार
माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड
माघ १०, २०८१ बिहिबार
भीम रावलको पक्षमा लागेको आरोपमा अछामका ६ जना नेतामाथि एमालेले गर्यो कारबाही
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार
तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार