शेयर र ऋण गरी ३ करोड ८० लाख भेटियो गृहमन्त्री रवि लामिछानेका नाममा, अदातल पुग्यो मुद्दा
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार २१:२७:२
३ वैशाख, काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा पटक पटक रकम आएको अभियोजनसहितको मुद्दा अदालत पुगेको छ । ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रुपमा रहेका लामिछानेको नाममा दुईपल्ट गरेर करिब चार करोड रुपैयाँ आएको देखिन्छ ।
बुटवलस्थित सुप्रिम सहकारीबाट झन्डै पौने दुई अर्ब ठगी भएको ठहर गर्दै मुद्दा दायर भएको छ । २८ जनालाई मुख्य अभियुक्त बनाइएको मुद्दामा एक हजार २ जनालाई थप प्रतिवादी बनाइएको छ । रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको सेयरका लागि एक करोड ८० लाख र ऋणबापत दुई करोड लिएको तथ्य देखाइए पनि उनलाई प्रतिवादी बनाइएको छैन ।
प्रतिवादीहरू गितेन्द्रबाबु (जीबी) राई, ओमप्रकाश गुरुङ, सागर केसी, भुपेन्द्र राई, देवेन्द्र राई र कुमार रम्तेलबाट एक करोड ५७ लाख ९६ हजार रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ । सहकारीमा संलग्न रहेका प्रतिवादीहरू दिनेश रोकाबाट तीन करोड ८० लाख, भविश्वर अर्यालबाट एकलाख ४० हजार, दुर्गा चापागाईं पाण्डेबाट १८ लाख, दिपक न्यौपानेबाट पाँच लाख ४५ हजार, हेमन्त अधिकारीबाट १३ लाख ५० हजार, कविता तामाङबाट एक लाख ५० हजार, नवीन अछामीबाट १० लाख, दिपेशकुमार पुनबाट तीन लाख, सुरज श्रेष्ठबाट दुई लाख ११ हजार मागदाबी गरिएको छ ।
यसैगरी, राज बरालबाट एक लाख ६६ हजार ९६३ रुपैयाँ, मझर मोहम्मदबाट ३४ हजार, असरफ अली सिद्धिकीबाट ३४ हजार, आशीष आनन्दबाट एक लाख ९५ हजार, बुद्धि गुरुङबाट १८ हजार ७००, भिरजकुमार दासबाट ६ लाख ३६ हजार रुपैयाँ गरी जम्मा चार करोड ६० लाख २७ हजार रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ ।
यस्तै, अन्य एक हजार २ जनालाई पक्राउ गरी ६ करोड एक लाख २३ हजार ७५४ असुल गर्न अभियोजनमार्फत मागदाबी गरिएको छ । समग्रमा एक अर्ब ७२ करोड ४३ लाख ४७ हजार ५०७ रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयलले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा उल्लेख भएअनुसार ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण वापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको हो ।
गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१–००१–०१५–००००२२४ मार्फत् रवि लामिछानेको नाममा जम्मा हुँदा सेवा शुल्क कट्टी गरेर एक करोड ९६ लाख रकम जम्मा भएको देखिएको हो । उक्त रकम २०७७ साल चैत १८ गते जम्मा भएको अभिलेख सरकारी वकिल कार्यालयले अदालत पेश गरेको अभियोजनमा उल्लेख छ ।
उक्त सहकारीबाट पटक पटक गरेर गोर्खा मिडिया प्रालिमा रकम आएको देखिएको छ । तर लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन । लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार ऋण लिँदैमा प्रतिवादी बनाइहाल्नुपर्छ भन्ने लाग्दैन । ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी), स्याङ्जाका ओमप्रकाश गुरुङ, रोल्पाका दिपेशकुमार पुनलगायतका २८ जनालाई प्रतिवादी बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छः पीडित
बैशाख १०, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
पशुपतिनाथ जलहरी प्रकरण : कोषका तत्कालीन सदस्यसचिव थापासहित ३ जनाले पाए सफाइ
बैशाख १८, २०८१ मंगलबार
सप्तरीको चिम्टीमा भीषण आगलागी, सयबढी घर जलेर नष्ट
बैशाख १८, २०८१ मंगलबार
एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते
बैशाख १८, २०८१ मंगलबार
डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्री !
बैशाख १८, २०८१ मंगलबार
नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ
बैशाख १८, २०८१ मंगलबार
‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार