डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्री !
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १९:१७:५
१८ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन् । सङ्घ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका हुन् ।
कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पा जिल्लाबाट दुई मन्त्री नियुक्त भएका छन् । मङ्गलबार भएको मन्त्रिपरिषद् विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त भएका छन् ।
डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधार मन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद वीर बहादुर शाही सामाजिक विकास मन्त्री नियुक्त भएका छन् ।
शाही दोस्रो पटक मन्त्री भएको हो । उनी यसअघि पनि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भई सकेका छन् । डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि सङ्घीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकास मन्त्री भइसकेका छन् ।
एउटै जिल्लाबाट सङ्घीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार