मसँग प्रधानमन्त्रीले सुदूरपश्चिमको मुख्यमन्त्री तपाईँहरुकै हो भन्नुभयोः झलनाथ
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १०:४४:३५
४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पद सुरुमै आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको दाबी गरेका छन् । उनले मंगलबार बिहान भएको भेटमा सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरूलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएपछि प्रधानमन्त्री राजी भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने दावी गरेको बताएका छन् । उनले आफूले गठबन्धनको संस्कृति र मर्मअनुसार अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए । खनालले सहमति गर्ने तर कार्यान्वयन नगर्ने कुराले आफूहरूलाई हेपिएको महसुस भएको बताएका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले समस्या सिर्जना गरेको भन्दै एकीकृत समाजवादीलाई चिढ्याउने मनसाय नभएको बताएका थिए । उनले समस्या समाधानका लागि आफू क्रियाशील रहेको बताएका थिए । ‘सुदूरपश्चिमको विवाद आज बेलुकासम्म मिलाउने कोसिस गर्छु, तपाईंले पनि आफ्नो पार्टीभित्र मिलाउन पहल गर्नुस्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो ।
केन्द्रमा एमाले–माओवादीसहितको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्यको हात फैलाएपछि सत्ता गठबन्धनभित्र तरंग सिर्जना भएको छ । यसबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले खनाललाई बोलाएका थिए । तर सत्ता गठबन्धनको पूर्व सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई मुख्यमन्त्री दिइसकिएको छ ।
नाउपाबाटै दुई जनाले मुख्यमन्त्री पदमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले अहिलेसम्म निर्णय गर्न सकेका छैनन् । सत्ता गठबन्धनको भईकन पनि सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी कांग्रेससँग मिलेर अर्कै गठबन्धन बनाई नाउपाको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहभागी भएको छ । यो सहमतिबाट फिर्ता बोलाउन प्रचण्डले खनालसँग कुरा गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार