भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार ११:४१:१०
४ वैशाख, भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवद्र्धनमा पनि उनीहरू लागेका छन् ।
यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, गुप्तेश्वर महादेव, कालीनाग, सेतीनाग, सहस्र नाग, जलपा, पञ्चकोटी, झाँक्री, सिद्धसिकारी, महारानी, ठकुरारी, सिंहदेवी, शीलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेका पुजारी प्रेमबहादुर खड्काले बताए । रामनवमी, तिज, शिवरात्रि, बालाचतुर्दशीलगायत पावन दिनमा मेला लाग्ने गरेको छ ।
मन्दिरको प्रचारप्रसारसँगै यसको विकास तथा जग्गा व्यवस्थापनमा पनि स्थानीय जुटेका छन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भोलिदेखि १३ गतेसम्म महायज्ञ आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले जानकारी दिए । यो देवस्थलको विकास तथा प्रवर्द्धन गर्न यहाँ महायज्ञ सञ्चालनको तयारी गरिएको सन्तानेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताए । महायज्ञबाट यहाँको प्रचारप्रसारसँगै आन्तरिक पर्यटक आकर्षित गर्न टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
गरुयोजना निर्माण गरेर गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले वडा नं १ तिलाहारमा रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुण डाँडा, सन्तानेश्वर महादेव, च्याङग्रे पोखरी, कोटगढीलगायत क्षेत्रको विकासका निम्ति का गरिरहेको उनले दोहोर्याए ।
“सन्तानेश्वर महादेव मन्दिर संरक्षणको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तदनुरुप काम भइरहेको छ । गाउँपालिका तथा प्रदेश सरकारको लगानीमा मन्दिर तथा भौतिक संरचना निर्माण गरेका छौँ । गाउँपालिकाभित्रका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरेर तीनलाई आर्थिक पक्षसँग जोड्ने हाम्रो लक्ष्य छ”, अध्यक्ष राईले भने । वडा कार्यालयले पनि यो स्थानको विकासको लागि बजेट विनियोजन गरेर संरक्षण गरिरहेको वडाध्यक्ष बोमप्रसाद राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण
बैशाख २१, २०८१ शुक्रबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
बैशाख १७, २०८१ सोमबार
सेनाको प्राविधिक सहयोगमा किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार