निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १३:६:३६
४ वैशाख, काठमाडौं । निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा भीष्म अधिकारीले उम्मेदवारी दिने भएका छन् । यही वैशाख २० गतेदेखि चितवनमा हुन गइरहेको २९ औं साधारणसभा तथा अधिवेशनमा उनले अध्यक्ष पदमा उम्मेदवार बन्ने तयारी थालेका हुन् ।
चितवनमा अब्बल र इमान्दार निर्माण व्यवसायीको परिचय बनाएका भीष्म युवा अवस्थामा नै निर्माण क्षेत्रमा लागेका थिए । उनको निर्माण कम्पनीले उत्कृष्ट कार्य गर्दै आएपछि उनले निर्माण क्षेत्रमा प्रशंसा बटुलेका थिए । निर्माण क्षेत्रमा सरकारले तोकेको नियम, परिधि र समयसीमा भित्रमा निकै उत्कृष्ट काम गरेपछि उनी यसअघि २६ औं अधिवेशनमा महासचिवमा निर्वाचित भएका थिए । उनले आफ्नो महासचिव कार्यकालमा विभिन्न गुट हटाउने भुमिका, निर्माण व्यवसायीको हित, विकास निर्माणलाई गतिशील बनाउने काममा निकै महत्वपूर्ण काम गरेका थिए ।
उनले महासचिवको पदमा रहँदा देशभरका निर्माण व्यवसायी भेला गरेर विकास निर्माणमा चुस्तदुरुस्तता र निर्माण व्यवसायीका समस्याहरूलाई राज्यका नीतिगत तहमा पुर्याउन विशेष भुमिका खेलेका थिए । यसका लागि उनैको समन्वयमा तत्कालीन कार्यसमितिले पूर्वप्रधानमन्त्रीदेखि वर्तमान प्रधानमन्त्रीहरू बोलाएर निर्माण व्यवसायी क्षेत्रका समस्या अवगत गराउन महत्वपूर्ण कामहरू सम्पन्न गरेका थिए ।
भीष्म चितवनका एक युवा निर्माण व्यवसायी हुन् । युवा अवस्थामै विकासको काममा हाम फालेका उनको कम्पनीले साना ठूला निर्माणको काममा उदाहरणीय काम गरिसकेको छ । उनले अब अध्यक्षमा दावेदारी पेश गर्दै गर्दा यो क्षेत्रको सुधारका विषय पनि सार्वजनिक गरेका छन् । निर्माण व्यवसायी महासंघको आन्दोलनका कारण संशोधन भएको सार्वजनिक खरिद नियमावली कार्यान्वयनमा जोड दिने उनले घोषणा गरेका छन् । यो नियमावलीका कारण सरकारले हरेक निर्माण व्यवसायीको रकम समयमै भुक्तानी गर्नुपर्ने, काममा अवरोध हटाउनुपर्ने र चुस्त नियम कानुन तर्जुमा गर्नुपर्ने विषयहरू समेटिएका छन् ।
यी सम्पूर्ण विषयलाई कार्यान्वयन गर्नका लागि व्यवसायी र सरकारबीच सघन पहल गर्न आफू अध्यक्षको पदमा दावेदारी पेश गर्ने तयारी थालेको उनले बताए । भीष्म भन्छन्,‘सरकारले निर्माण व्यवसायीलाई सहज बनायो भने विकास काम छिटो हुने हो’ । यसका लागि निर्माणको इजाजत दिएर राजस्व तिरेपछि तुरुन्त निर्माणको जिम्मा दिन राज्य उदासीनता बनेको उनले चिन्ता प्रकट गरे ।
यस्तै बिबिध समस्या र समाधानका मुद्दाहरू बोकेर २९ औं साधारणसभामा उनी अध्यक्षको जिम्मेवारी सम्हाल्न मैदानमा उत्रिएका छन् । भीष्म ११ वर्षदेखि निरन्तर निर्माण व्यवसायमा खटिँदै आएका छन् । उनी निर्माण व्यवसायलाई समाजसेवाको रुपमा हेर्छन् । उनी चितवनका विभिन्न आधा दर्जन सामाजिक संघ संस्थाहरूमा पनि आबद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मी बढेसँगै चितवनमा रगतको अभाव
बैशाख १८, २०८१ मंगलबार
महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग
बैशाख १७, २०८१ सोमबार
‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
बैशाख १८, २०८१ मंगलबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार