रास्वपाका नेता जोडिएको हाम्रो नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध पनि मुद्दा नचल्ने
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार १५:२:२५
५ वैशाख, काठमाडौं । प्रहरीले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जोडिएको एक सहकारीका आरोपीमाथि कारवाही नचलाउने राय दिएको छ । काठमाण्डौंस्थित हाम्रो नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा मुद्दा नचलाउने निर्णय प्रहरीले गरेको हो । सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको छ ।
सो निर्णयसँगै सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएका ३ जना छुटेका छन् । नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नविन अछामीलाई थुनामुक्त गरिएको सीआईबीले जनाएको छ । सीआईबीले चैत १८ मा रामहरि अधिकारीलाई र त्यसपछि थप दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
जाहेरवालाको रकम फिर्ता गरेपछि उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको सीआईबी जनाएको छ । नयाँ कृषिको सञ्चालक समितिका सदस्य दुर्गा चापागाईं बुटवलमा थुनामा छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई सीआईबीले काठमाडौँमा झिकाएर बयान लिएको थियो । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो ।
रास्वपाका उपसभापति एवं श्रममन्त्री डिपी अर्याल यस सहकारीको रकम ठगीमा संलग्न रहेको आरोप लगाएको थियो । रास्वपा उपसभापति अर्याल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीमाथि सहकारीको रकम अपचलनमा संलग्न रहेको भन्दै कारवाहीको माग गरिएको थियो । तत्कालीन समयमा अर्याल उपाध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोडभन्दा बढी रकम फिर्ता नभएको बताइएको छ । सहकारी प्रकरणमा सत्तारुढ दल रास्वपाका उच्च तहका ४ जना नेता जोडिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छः पीडित
बैशाख १०, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन र लगानी वातावरण निर्माण
बैशाख १८, २०८१ मंगलबार
सवारी दुर्घटनामा परी एकको मृत्यु
बैशाख १८, २०८१ मंगलबार
वैदेशिक रोजगारीमा स्लोभाकिया र अमेरिका पठाउने भन्दै ८० लाख ठगी गर्ने पक्राउ
बैशाख १८, २०८१ मंगलबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
यस्ता छन् गर्मीबाट बच्ने उपाय
बैशाख १८, २०८१ मंगलबार