बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार ११:१५:६
७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ । शुक्रबार बिहान साढे ७ बजे भएको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईका अनुसार मृतक तीनै जना दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ का छन् ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ दोलखाका अन्दाजी ७० वर्षीय मान बहादुर थामी, सोही वडाका अन्दाजी वर्ष १६ का शिव श्रेष्ठ र भीनपा–१ कै अन्दाजी १७ वर्षीय दिपेन्द्र थामीको घटनास्थलमा मृत्यु भएको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए ।
उनका अनुसार घाइते ५२ जनामध्ये सामान्य घाइते २३ जनाको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार भइरहेको छ भने बाँकी २९ जनाको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ । सिन्धु सदाबहार अस्पतालका अनुसार गम्भीर घाइते भएका बिरामीहरुको पहिचान भइरहेको र उनीहरुलाई काठमाडौं पठाइने तयारी भइरहेको छ ।
५२ जना बोकेको बसभीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा दुलही लिन हिँडेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार