वीरेन्द्र ताल बूढीगण्डकी नदीको मुहान भएकाले तटीय क्षेत्रमा हिमपहिरोको जोखिम
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १३:१५:१६
९ वैशाख, काठमाडौं । हिमपहिरोले गोखराको चुमनुव्री गाउँपालिका–१ स्थित वीरेन्द्र तालको पानी ओभरफ्लो हुँदा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिमपहिरो झरेको स्थानीयले बताएका छन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।
तालको पानी ओभरफ्लो भएपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपिल गर्दछौँ, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवत्ता भट्टराईले जानकारी दिए । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको छ ।
बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ खरिटएको जानकारी दिए । नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पुयाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि ३० मिनेटका लागि बैठक स्थगित
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार