आईपिएल : गुजरातसँग हार्यो पञ्जाब
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार ७:०:१४
१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ। पञ्जाब किंग्समाथि गुजरातले तीन विकेटको जित निकालेको हो।
यादवविन्द्र सिंह रंगशाला, मुल्लानपुरमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले दिएको १४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी हुँदा सात विकेट गुमाएर १४६ रन बनाउँदै भेट्टाएको हो।
गुजरातको जितका लागि राहुल तेवाटियाले नटआउट सर्वाधिक ३६ रन बनाए। कप्तान शुभमन गिलले ३५ रन जोड्दा साई सुदर्शनले ३१ रन बनाए। ऋद्धिमान साहले १३ रन बनाउँदा एम शाहरुख खान ८ रनमा समेटिए भने डेभिड मिलरले ४ रन जोड्दा राशिद खान तीन रनमा आउट भए। नटआउट रहेका साई किशोरले भने कुनै बलको सामना गर्नु परेन।
पञ्जाबका हर्षल पटेलले तीन र लियाम लिभिङस्टोनले दुई विकेट हात पारे। अर्शदीप सिंह र श्याम कुरानले एकएक विकेट लिए।
पाहिलो ब्याटिङ गरेको पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन जोडे। हरप्रित बरार २९ रनमा आउट हुँदा कप्तान श्याम कुरानले २० रन जोडे। हरप्रीत सिंह १४, जितेश शर्मा १३, रिली रोसोउ ९, शशांक सिंह ८, लियाम लिभिङस्टोन ६ रनमा समेटिँदा आशुतोष शर्माले ३ रन बनाए। हर्षल पट्टेल शून्यमा आउट हुँदा कासिगो रबडा एक बल खेल्दै नटआउट रहे।
पञ्जाबलाई सस्तैमा समेट्न गुजरातका लागि साई किशोरले एक्लै चार विकेट हात पारे। नुर अहमद र मोहित शर्माले दुईदुई विकेट हात पारेको खेलमा रासिद खानले एक विकेट लिए।
यो जितसँगै गुजरात अंक तालिकाको छैठौं स्थानमा पुगेको छ। आठ खेल खेलेको गुजरातले चार खेलमा जित निकाल्दा त्यत्ति नै खेल गुमाएको छ। समान खेल खेलेको पञ्जाब भने नावौं स्थानमा छ। उसले दुई खेल मात्र जितेर चार अंक जोडेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार