छैठौं राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार १५:९:४९
१० चैत, काठमाडौं । स्वस्थ नेपालको परिकल्पनालाई आत्मसात गर्दै नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले छैठौं संस्करणको राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता आगामी शनिबार आयोजना गर्ने भएको छ । एक विज्ञप्ति जारी गर्दै आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी उक्त जानकारी गराएको हो ।
काठमाडौं बौद्ध स्थित बागमती नगर पार्कमा हुने प्रतियोगितालाई बजाजको सु–प्रसिद्ध मोटर बाइक ब्रान्ड पल्सरले सहयोग गर्ने आयोजकले जनाएका छन् । वल्र्ड पावरलिफ्टिङ्गको र युरोपियन स्ट्रीट लिफ्टिङ्ग महासंघको सम्बद्धतामा आयोजना हुने प्रतियोगितामा देशभरबाट २५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले प्रेश बिज्ञप्तीमा जनाएका छन् । प्रतियोगितालाई थप आकर्षक र सहज बनाउने अभिप्रायले सर्किट र बार गरि दुईवटा विद्यामा विभाजन गरिएको छ ।
जसमा सर्किट विद्यालाई खुल्ला महिला सर्किट, खुल्ला पुरुष सर्किट, जुनियर सर्किट (१९ वर्ष मुनि), पुरुष सर्किट मास्टर्स ४५ं वर्ष र महिला सर्किट मास्टर्स ४०ं वर्ष गरि ५ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसैगरी बार विद्यालाई खुल्ला महिला बार, खुल्ला पुरुष बार, जुनियर बार (१६ वर्ष मुनि) गरि ३ वटा खेल समूहमा वर्गीकरण गरिएको छ । यसरी यस प्रतियोगितामा कुल ८ वटा विभिन्न समूहमा सहभागी खेलाडीहरू बीच प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगिताको अघिल्लो दिन अर्थात् वैशाख १४ गते एथलेट ब्रीफिङ्ग, ट्याग नम्बर वितरण गरिनेछ र प्रतियोगिताको दिन अर्थात् वैशाख १५ गते सर्किट र बार विद्या अन्तर्गतको माथी उल्लेखित समूहमा सहभागी खेलाडीहरू बीच प्रतिस्पर्धा गराउनुका साथै दर्शक महानुभावहरुलाइ समेत समावेश गराउने गरि फिटनेस संग सम्बन्धित टोल टोलमा फिटनेस कार्यक्रम साथै अन्य थुप्रै खेलहरू समेत आयोजना गरिनेछ र सोही दिन औपचारिक कार्यक्रम गरि प्रतिस्पर्धाको अन्तिम नतिजा सार्वजनिक गर्दै विजेताहरूको नाम घोषणा गरिनेछ विज्ञप्तीमा जनाइएको छ ।
अनुमानित बजेट २५ लाख ५० हजार रहेको प्रतियोगिताको प्रतिस्पर्धामा सर्किट र बार विद्याको प्रत्येक समूह अन्तर्गतको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाइ प्रोत्साहन स्वरूप क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार साथै मेडल ट्रोफी, समुहगत विभिन्न उपाधि र आकर्षक उपहारहरूबाट पुरस्कृत गरिनेछ । साथै विभिन्न समूह अन्तर्गतको खेलहरुमा शिर्ष पाँचौ स्थानसम्म हासिल गर्न सफल खेलाडीहरुले प्रतिनिधित्व गर्ने एक क्लब/संघ/संस्थाले प्राप्त गर्ने अंकको मुल्यांकन गर्दा बढी अंक प्राप्त गर्न सफल क्लबलाई यस वर्षको स्ट्रोङ्गेस्ट क्लब घोषणा गरिनेछ ।
प्रतियोगिताको संस्थाको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेरो चरित्र हत्या गर्नेलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउछु : पारस खड्का
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
'बर्डफ्लू' संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
बैशाख २८, २०८१ शुक्रबार
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै
बैशाख २८, २०८१ शुक्रबार
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित २ जना पक्राउ
बैशाख २८, २०८१ शुक्रबार
पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी
बैशाख २८, २०८१ शुक्रबार