वीरगन्जमा आजदेखि मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनसिप सुरु
आबिद हुसेन
बैशाख १०, २०८१ सोमबार १५:४२:५८
१० वैशाख, वीरगन्ज । वीरगन्जमा आजदेखि राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट मा.वि.को मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सह-आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएको हो ।
पर्सा जिल्ला बुद्धिचाल संघका अध्यक्ष अजय कुर्मीको अध्यक्षतामा भएको मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनसिपको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले गरेका हुन् । १२ गते बुधबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन गर्दै एसपी ढुङ्गेलले सहभागीहरूलाई शुभकामना दिएका छन् ।
प्रतियोगिताका चिफ आर्बिटर एबम् नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सदस्य रामकिशोर सिंह परागले प्रतियोगिताको प्रक्रियाका बारेमा प्रकाश पारेका थिए ।
प्रतियोगितामा देशैभरबाट ६१ जना छात्र र १४ जना छात्राले सहभागिता जनाएका छन् । सहभागीलाई विभिन्न उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनिको उमेर समूहको आधारमा प्रतियोगिता सञ्चालन भइरहेको चिफ आर्बिटर परागले बताए ।
१० वर्ष मुनिको खेलमा १० जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् ।
उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपआइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार