रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार १०:३७:५०
११ बैशाख, काठमाडौं । समयमै काम सम्पन्न नगरेको अभियोगमा पटक पटक कारवाहीमा पर्दै आएका पप्पुसहित २९ जना ठेगेदारका निमार्ण कम्पनी कालोसूचीमा परेका छन् । देशमा धेरै ठाँउमा काम लिएर अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण प्रसाद रौनियार यसअघि संघीय समाजवादी फोरमका सांसदसमेत थिए ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने कम्पनीलाई कालोसूचीमा राखेको हो । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भएपछि कार्यालयले ति कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभाग, सिक्टा सिांचय आयोजना, नेपालगञ्ज, बाँकेको सिफारिसमा पप्पु कन्स्ट्रक्सनलाई २ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ । यो कम्पनी यस अघि पनि कारवाहीमा पर्दै आएको कम्पनी हो ।
सामाजिक विकास मन्त्रालय, सार्वजनिक निर्माण कार्यान्वयन इकाइ, गजुरी, धादिङको सिफारिसमा सप्तकोषी जलाधार ÷ ओम साइ एण्ड कम्पनी जे.भीलाई २ वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरुले अरु कुनै पनि सरकारी निकायको पूर्वाधार निर्माणका काम तथा खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् ।
कोशी एण्ड न्यौपाने ओम साई कन्स्ट्रक्सन जे.भीलाई २ वर्ष, ए वान खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्सलाई २ वर्ष, चण्डी सिद्धिबाबा जे.भीलाई २ वर्ष, नमुना कन्स्ट्रक्सन खिम्ती प्रा. लिलाई २ वर्ष, नवीन कन्स्ट्रक्सनलाई १ वर्ष ६ महिनाको लागि कालो सूचीमा राखिएको छ ।
यस्तै कार्यालयले २९ मध्ये १ कम्पनीलाई २ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ भने ८ कम्पनीलाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ । यस्तै कार्यालयले ७ कम्पनीलाई १ वर्ष ६ महिना, १ कम्पनीलाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा परेका छन् भने अन्य कम्पनीलाई १ वर्षको लागि कालोसूचीमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण
बैशाख २१, २०८१ शुक्रबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
बैशाख १७, २०८१ सोमबार
सेनाको प्राविधिक सहयोगमा किन्ताङफेदीमा बेली ब्रिज निर्माण
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न
बैशाख २२, २०८१ शनिबार