काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १२:४६:३३
१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा फोहोरलाई स्रोतमा घटाउने, उत्पादित फोहोरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।
कामको थालनी गर्दै आजदेखि समूहगत अभिमुखीकरण थालेको छ । विद्यालयको, वातावरण र बालबालिका (वावा) कार्यक्रमका फोकल शिक्षक, वातावरण वा विज्ञान विषय शिक्षकमध्ये एकजना, वावा समूहका विद्यार्थी क्याप्टेन र सरसफाइ कर्मचारीलाई अभिमुखीकरणमा बोलाइएको छ ।
विद्यालयको सफाइसँग सम्बन्ध राख्ने पदाधिकारी तथा व्यक्तिका बीचमा समान धारणा बनाउन शिक्षक, कर्मचारी र विद्यार्थीलाई एउटै समूहमा राखिएको हो । अभिमुखीकरणपछि हरेक विद्यालयलाई एउटा कम्पोष्टिङ् प्रणाली प्रदान गरिनेछ ।
एक समूहमा २२ वटा विद्यालयबाट ६६ जना रहनुहुनेछ । एक समूहका लागि एक दिन कार्यक्रम हुनेछ । कक्षामा फोहरमैलाको प्रकृति र वर्गीकरण, वातावरण प्रदूषण र विपद व्यवस्थापनको सैद्धान्तिक कक्षा हुनेछ । कम्पोष्टिङ्को भने प्रयोगात्मक एवं प्रदर्शनमा आधारित कक्षा हुनेछ ।
विद्यालय परिसरमा धेरै फोहर उत्पादन हुने ठाउँ, फोहोरका स्रोत, स्रोतमा फोहर घटाउने आचरण, फोहर वर्गीकरण, जैविक र अजैविक फोहर वर्गीकरणको सिद्धान्तका बारेमा बुझाउनु अभिमुखीकरण कार्यक्रमको उद्देश्य हो । वातावरण समितिका संयोजक बालकृष्ण महर्जन भन्छन्, ‘विद्यालयमा थालिएको कार्यक्रम समाजमा विस्तार हुन्छ । यसले बालबालिकालाई त सफाइ आचरण सिकाउँछ नै, यससँगै अभिभावकहरूमा पनि सन्देश प्रवाह हुन्छ । बालबालिकाका कारण अभिभावक पनि काम गर्न बाध्य हुने वातावरण बन्छ ।’
विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ४ कार्य दिनभित्रमा अभिमुखीकरणसँगै जैविक फोहर व्यवस्थापन गर्ने प्रणाली पनि प्रदान गरिनेछ । अभिमुखीकरण सहभागीले विद्यालयमा फोहर व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउनु पर्छ ।
महानगरपालिकाले उपलब्ध गराउन लागेको विधि कम्पोष्टि विधि हो । विद्यालयमा उत्पादन हुने जैविक फोहोरलाई कम्पोष्ट मल बनाउन मिल्छ । अजैविक फोहर विक्री गर्न सकिन्छ । यति मात्र गर्न सकियो भने कुनै पनि विद्यालयबाट फोहोर बाहिर निकाल्नु पर्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार