नेपाल र कतारबीच लगानी अध्ययन संयन्त्र बनाइने
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १४:४६:३०
१२ वैशाख, काठमाडौं । कतारले नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न एक संयुक्त संयन्त्र बनाउन कतार तयार भएको छ । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल बीच सोल्टी होटलमा भएको वार्तामा नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न संयन्त्र बनाउन कतार तयार भएको हो ।
नेपालले लगानीमैत्री वातावरण बनेको भन्दै अब कतारलाई भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धी लगानीका क्षेत्रहरू लगानी गर्न आग्रह गरेको छ । कतारको लगानी गर्न सक्ने हैसियत बिस्तार हुँदै गइरहेको छ । नेपालमा पनि लगानी क्षेत्रहरू विकास र विस्तार भइरहेका छन् । निकट भविष्यमा हामी लगानी सम्मेलन गर्दै गइरहेको र त्यसमा कतारको तर्फबाट महत्वपूर्ण सहभागिता र लगानी गर्न आग्रह गरेको छ । त्यसमा मुख्य भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धी क्षेत्र रहेका छन् ।
अमिर तमिमले प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । उनले नेपालमा लगानीको सम्भाव्यता अध्ययन गरी छलफल गर्न दुवै देशले एउटा संयन्त्र बनाउने बताए । कतार र नेपालको दुवै तर्फबाट संयन्त्र बनाउने समझदारी बनेको छ । सम्भाव्य क्षेत्रको अध्ययन र छलफल गर्नको लागि संयन्त्रले काम गर्नेछ ।
नेपालमा हवाई सम्पर्क बढाउन पोखरा र भैरहवामा जहाज पठाउन गरेका प्रस्तावमा पनि अमिर सकारात्मक भएका छन् । नेपालले विश्वमा देखिएको द्वन्द्व शान्तिपूर्ण ढंगबाट समाधान निकाल्नको लागि कतारले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै हमास र इजरायलको द्वन्द्वको क्रममा बन्धक बनाइएका नेपाली नागरीक विपिन जोशीको रिहाई गर्न कतारको ध्यानाकर्षण गराएको छ ।
भेटवार्तामा कतारमा कार्यरत नेपालीको विषयमा पनि छलफल भएको सापकोटाले बताए । अमिर समक्ष प्रधानमन्त्री दाहालले मर्यादित श्रम सिर्जना र श्रम सहकार्यलाई समयसापेक्ष र नयाँ ढंगले सोच्नुपर्ने बताउँदै कतारमा काम गर्न गएका नेपालीले आफ्नो परिवार र देशको अर्थतन्त्रमा योगदान पुर्याएको बताए । कतारी अमिरले पनि कतारमा कार्यरत नेपालीको उच्च प्रशंसा गर्दै कतारको विकासमा पुर्याएकोप्रति खुसी व्यक्त गरेका छन् । नेपाली कामदारको दक्षता अभिवृद्धि गर्नको लागि कतार सघाउन तयार रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला
बैशाख २४, २०८१ सोमबार
नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
बैशाख २४, २०८१ सोमबार
एडीबीको बोर्ड बैठकमा नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन अपिल
बैशाख २४, २०८१ सोमबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार