महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १६:३०:४७
१२ वैशाख, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जनाएका छन् ।
गाउँका १०० भन्दा बढी घर जलिसकेका छन् । अहिले पनि झन्डै ५० घरमा आगलागी भइरहेको छ । ३ घण्टादेखि आगो निभाउने प्रयास गरिरहेका छौं तर सफल भएका छैनौँ, उनले भने ।
अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेको मेयर मण्डलले जानकारी दिए ।
मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जर्लाहावा गाछी टोलमा बुधबार बिहान ११ बजेतिर लागेको आगो अझै पूर्ण रुपमा निण्न्त्रणमा आएको छैन । परालको कन्युबाट सल्केको आगो घरसम्म पुगेको अनुमान छ ।
आगलागी नियन्त्राणका लागि महोत्तरी र धनुषाका विभिन्न पालिका, नेपाल प्रहरी र भारत समेतबाट दमकल ल्याइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पर्सामा राष्ट्रिय एकता अभियानको कार्यालय स्थापना, चिनियाँ विस्तारवादको कडा आलोचना
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार