सरकारका कारण संसदीय भूमिका कमजोर भयोः सभामुख
नेपालबहस संवाददाता
बैशाख १५, २०८१ शनिबार १३:२८:३१
१५ वैशाख, पाल्पा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारका कारण संसद प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । उनले संसदीय भुमिका प्रभावकारी नहुनुमा सरकारकै हात मूख्य रहेको आरोप लगाएका छन् । संसदीय भूमिका प्रभावकारी हुन सुशासन आवश्यक रहेको तर, सरकारले सुशासन दिन नसकिरहेको सभामुख घिमिरेको भनाइ छ ।
पाल्पाको तानसेनमा पत्रकार महासंघ जिल्ला शाखाले शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख घिमिरेले सरकारको स्थायित्व नहुँदा संसदीय व्यवस्थामा धेरै असर परेको बताए । अब निर्वाचन पद्धतिका बारेमै नै नयाँ ढंगले सोच्नुपर्ने बेला आएको र निर्वाचनलाई सरल, स्वभाविक ढंगबाट लाने प्रबन्ध गर्न सरकारले नसकिरहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेशसभाले पाल्पाको तानसेनमा राखेको अन्तरव्यवस्थापिका भेलामा सहभागी हुन आएका सभामुख घिमिरेले पूर्वविद्यायकी, विद्यायकी र उत्तरविद्यायकीका विषयमा छलफल हुनुपर्ने बताए । यसको महत्वलाई कार्यान्वयन गर्नका लागि अध्ययन गर्नुपर्नेमा उनको जोड थियो । संघ र प्रदेशको बीचबाट उत्तरविद्यायकी कार्यलाई अघि लैजानुपर्छ भन्ने योजना बनाउनुपर्ने सभामुख घिमिरेले बताए ।
उनले निर्वाचित जनप्रतिनिधिको स्थिर सरकार बन्नका लागि बहुमत आउने खालको प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले यी विषयमा समेत बहस र छलफल हुनुपर्नेमा नभएको बताए । ऐन कानुनहरु बन्नुअघि ध्यान दिनुपर्ने कुराहरु के के हुन सक्छन् र कानुन बनेपछि कार्यान्वयन कसरी भएको छ भन्ने विषयमासमेत सरकारले ध्यानदिन नसकेको उनको भनाइ छ ।
कानुन बनेपछि यसको प्रभावकारिताका विषयमासमेत संघीय र प्रदेशसभाका सभामुख, उपसभामुखले सरकारलाई निर्देशन र सहयोग गर्नुपर्ने बताए । ‘कानुन कार्यान्वयन गर्नका लागि सरकारले केके कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘सुधार्नुपर्ने वा संशोधन गर्नुपर्ने भएमा कार्यान्वयनमा के समस्या देखियो भन्ने विषयमासमेत ध्यान दिनुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार