संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १९:०:५६
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नभए संसदको बजेट अधिवेशन अवरुद्ध गर्ने अडान लिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले समिति बनाउने अडान कायमै राख्ने निर्णय गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउँ भन्दै सभामुखलाई बुझाएको पत्रबारे प्रमुख सचेतकले जानकारी गराएका उपसभापति धनराज गुरुङले जानकारी दिए ।
रविको माग नोटिसमा लिइएको र बोल्न दिने या नदिने भन्ने विषय बिहीबार बस्ने संसदीय दलको बैठकले तय गर्ने पार्टी गुरुङले बताए ।
अबको संसद्मा हाम्रो माग हुबहु कायम छ । सरकार जिम्मेवार भएर र आउँछ कि आउँदैन ? संसदीय छानबिन समिति बनाउँछ कि बनाउँदैन ? गैरजिम्मेदार भएर आयो, संसदीय छानबिन समिति गठनमा सहमत भएन भने अबको संसद् चल्दैन’, उनले भने । सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले अघिल्लो संघीय संसद अधिवेशनमा अवरोध गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार