नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १६:३४:३१
१७ वैशाख, काठमाडौं । बझाङमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उमेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार तीन दलबाहेक अरु दलले कूल सदर मतको १० प्रतिशत मत ल्याउन सकेका छैनन् । शनिबार भएको मतगणनाको परिणाम सोमबार दिउँसो घोषणा गरिएको छ ।
जसमा कूल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था गरिएको छ । बझाङ १ को कूल सदर मत अनुसार धरौटी जोगाउनका लागि उमेदवारले कूल २ हजार ९ सय बढी मत ल्याउनुपर्ने हुन्छ ।
मत परिणामको अन्तिम विवरण अनुसार एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीले २५ सय मत कटाए पनि जमानत जोगाउन सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का किशोर कुमार खड्काले २४२ मत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) का उमेदवार रामबहादुर जाग्रीले ४४ मत प्राप्त गरेका छन् । राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५ मत ल्याएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च दीपबहादुर खड्काले २८, जनमतका सुशीलादेवी विष्टले २६ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खगेन्द्रबहादुर शाहीले २४ मत पाउँदा नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगरले २ मत ल्याए । प्रदेशसभा निर्वाचनका लागि उमेदवारले पाँचहजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नुपर्ने व्यवस्था ऐनमा रहेको छ । कूल सदर मतको १० प्रतिशत कटाउन नसक्ने उमेदवारको उक्त जमानत जफत हुनेछ ।
यस्तै इलाममा पनि नेकपा एसले जमानत जोगाउन देखिएको छैन । सम्मानीत नेता झलनाथ खनाललाई चुनावी कमाण्डर बनाए पनि उनको खासै प्रभाव देखिएन । नेकपा एसले ३४ हजार मत गणना हुँदा तीन सय मत पनि कटाउन सकेको छैन । खनालको जोडबलमा पार्टीले उमेदवारी दिएको हो । उमेदवार आफै स्वयम् यहाँका मतदाता पनि होइनन् ।
११०१२ मत गणना हुँदा चुलाचुली गाउँपालिकामा नेकपा एसले २२३ मत पायो । वडा नम्बर १ मा ६७, वडा नम्बर २ मा ५६, वडा नम्बर ३ मा ९४ मत प्राप्त गरेको थियो । यस्तै वडा नम्बर ४ मा ४ तथा वडा नम्बर ५ र ६ मा समान एक–एक प्राप्त गरेको थियो ।
९५२४ मत गणना भएको फाकफोकथुम गाउँपालिकामा जम्मा १७ मत पाएको छ । वडा नम्बर २ बाट ६, वडा नम्बर ४ बाट ६ र वडा नम्बर ६ बाट ५ मत पाए । वडा नम्बर १,३,५,७ मा शुन्य मत एसले पाएको छ । ७०७८ मत गणना भएको माङ्सेवुङबाट उमेदवार राईलाई २० मत आएको छ । यहाँ वडा नम्बर ३ मा १५, वडा नम्बर ३ मा ३, वडा नम्बर ५ बाट १ र वडा नम्बर १ मत पाएका छन् । माइ नगरपालिकाको ६ वडाबाट १, वडा नम्बर ७ वाट २५ तथा वडा नम्बर ८ बाट १ मत पाउँदा कुल मत २७ मत आएको छ । देउमाइ नगरपालिकाबाट उनलाई १ मत मात्र आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार