गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १६:२०:५४
१८ वैशाख, गुल्मी । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिए । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।
पक्राउ परेकालाई तीन वर्ष कैद र रु ६० हजार जरिवाना वा दुवै सजाय हुने निमित्त वन अधिकृत ठाकुरले बताए । आरोपी दुवै जनाले सामुदायिक वनमा आफूहरूले आगो लगाएको स्वीकार गरेका छन् । उनीहरुलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो । उनीहरुले गत ७ गते आगो लगाएर फरार भएका थिए । डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलनको क्रममा गाउँमा बस्ती रित्तिँदै गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको जनाएको छ ।
उनले सल्लाका रुख काट्ने बहस भइरहेको भन्दै केही नहुने ठाउँमा सल्ला भएकोले सल्ला काट्नको सट्टा सल्लीपिलर (सल्लाका पात) सफा गर्दा समस्या समाधान हुने बताए। कुनै व्यक्तिको लापरबाहीबाट डढेलो लागेको र त्यसले ठूलो क्षति गरेको भन्दै जनचेतना जगाउनु नै मुख्य काम भएको पत्रकार सम्मेलनका क्रममा ठाकुरले बताए । ठाकुरले आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने पनि जानकारी दिए ।
हाल गुल्मीका १२ स्थानीय तहका ८० सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोबाट दुई हजार बढी हेक्टर क्षेत्रफल वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा, मदाने र गुल्मी दरबारमा घरगोठमा थुप्रै क्षति भएको छ । घटनास्थलमा राहत र उद्धारको काम भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार