इङल्याण्डका आठ खेलाडी प्लेअफका लागि उपलब्ध नहुने
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १७:२५:१७
१८ वैशाख, काठमाडौं । हाल इन्डियन प्रिमियर लिग 'आइपिएल' खेलिरहेका इङल्याण्डका खेलाडी प्लेअफका लागि उपलब्ध नहुने भएका छन् ।
इङल्याण्डले आगामी टी-२० विश्वकपको तयारीका लागि भन्दै आफ्ना खेलाडीलाई लिगचरणका खेलपछि फिर्ता बोलाएको हो ।इङल्याण्डले विश्वकप्को तयारीका लागि पाकिस्तानसँग टी-२० सिरिज खेल्ने बताएको छ ।
इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि छनोट भएका सबै खेलाडी पाकिस्तानविरुद्धको टी–२० सिरिजका लागि उपलब्ध हुनुपर्ने बताएको छ । टोलीमा छनोट भएका खेलाडी इङ्ल्यान्ड फर्कनेछन् ।आइपिएलको फाइनल खेल मे २६ मा हुनेछ । प्लेअफमा क्वालिफायर–१, एलिमिनेटर, क्वालिफायर–२ र फाइनल गरी कुल ४ खेल हुनेछन् ।
इङल्याण्डका आठ खेलाडीले आइपिएल खेलिरहेका छन् । जसमा जोस बटलर 'राजस्थान रोयल्स', मोइन अली 'चेन्नई सुपर किंग्स', जोनी बेयरस्टो, साम कुरान, लियाम लिभिङ्स्टन 'तीनै पञ्जाब किंग्स', विल ज्याक्स, रीस टोपले 'दुवै रोयल च्यालेन्जर्स बैंगलोर' र फिल साल्ट 'कोलकाता नाइट राइडर्स' बाट खेलिरहेका छन् ।
यी सबै खेलाडीले आईपीएल प्लेअफ गुमाउने छन् । इङल्याण्डले पाकिस्तानसँग मे २२ देखि मे २८ सम्म ४ टी-२० खेल खेल्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार