देशभरी मानवबस्ती सखाप बनाउने डढेलो, बेखबर छ सरकार
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १४:५:२५
१९ वैशाख, काठमाडौं । मंगलबार ललितपुर र काभ्रेका बनमा लागेको आगो बस्ती छिर्यो । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्न नसकिने डढेलो फैलिएको छ । डढेलोबारे राज्य बेखर छ । कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकार कुनै साभधन र चासो दुबै छैन् ।
डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति दिनहु बढिरहेको छ । ठाढाको जंगलको कुरै छाडौ राजधानी जोडिएका क्षेत्रमा पनि डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन । दुई दिन यता, ललितपुरको गोदावरी जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुईजनाको मृत्यु भयो । गोदावरी नगरपालिका–४, बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रमम घाइते भएका सोही नगरपालिकाको पहरी बस्तीका शंकर पहरी र रमेश पहरीको मृत्यु भएको हो ।
मंगलबार डढेलो निभाउने क्रममा घाइते भएका उनीहरूको कीर्तिपुरस्थति बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आगोको लप्काबाट घाइते भएका शंकरको मंगलबार र रमेशको बुधबार बिहान उपचारकै क्रममा मृत्यु भएको ललिपुर प्रहरी प्रमुख (एसएसपी) शेखर खनालले जानकारी दिए । सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीका अग्निपीडितहरूको बिजोग भएको छ । मंगलबार दिउँसो आगो लागेर यहाँका ६२ परिवारको एक सय २० घरगोठ जलेर नष्ट भएको छ । अझै पूर्ण रुपमा आगो निभेको छैन । एउटा बारुणयन्त्रको भरमा आगो निभाइरहेको छ ।
आगोले घर सखाप बनाएपछि राति भुजा खाएर बसेका अग्नीपीडितहरू चर्को घाममा बस्न बाध्य छन् । घाम सहन सक्ने अवस्था नरहेको स्थानीय भुपेन्द्र यादवले बताए । नजिकै रहेको रुखको छ्हारीमा पीडितहरू बसिरहेका छन् । स्थानीय सरकार र स्थानीय प्रशासनले अझैसम्म अग्निपीडितहरूलाई खाने र बस्ने प्रबन्ध मिलाउन सकेका छैनन् । अग्निपीडितलाई गास, बास र कपासको चिन्ता थपिएको महादेवा–१ का वडाध्यक्ष जयकिशोर दास बताए ।
ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिकाको वडा नं ५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ छेडा सामुदायिक वन, वडा नं ३ जयभद्र सामुदायिक वन, वडा नं १० चारघरे सामुदायिक वन, वडा नं. ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं २ ताप्लेछाप सामुदायिक वन, वाग्मती गाउँपालिका–५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३ लुभु पातले सामुदायिक वनमा आगलागी भएको छ ।
लेले जंगलमा लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका त्रियानब्बे जना बिरामीलाई बज्रबाराही अस्पताल स्थानान्तरण गरेका गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी दिए । डढेलोमा फसेका १५ जनाको मंगलबार उद्धार गरिएको थियो । यस्तै चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ ।
जंगलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो । मंगलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए । स्थानीयले आगो नियन्त्रणमा लिएपछि अन्य घर आगलागीबाट बचेको उनले बताए ।
आगलागीमा परी स्थानीय रामबहादुर चेपाङको घर पूरै जलेको र रु २० हजार नगद, २० डोको मकै, चार घार मौरी, लत्ताकपडालगायत सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले बताए । उनका अनुसार चेपाङका छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको एक घार मौरी, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् ।
उता, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मंगलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको छ ।
आगलागीबाट रोशी–४ सानोपोटा बस्ने वर्ष ४२ वर्षीय प्रेम तामाङ, जनक तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तीर्थलाल तामाङ, धनकाजी तामाङ, पदमबहादुर तामाङ, प्रशान्त थिङ तामाङ, माया तामाङ, पलबहादुर तामाङ र साइली माया तामाङका घर, गोठ, नगद, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा र सरसामान नष्ट भएको छ ।
यस्तै वन डढेलो नियन्त्रणका लागि कञ्चनपुरमा जनजागरण अभियान सञ्चालन गरिएको छ । वन क्षेत्रमा लाग्ने डढेलो चुनौतीपूर्ण बन्दै जान थालेपछि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) को जल जङ्गल परियोजनाको आर्थिक सहयोगमा जागरण अभियान सञ्चालन गरेको समितिका अध्यक्ष महेशदत्त जोशीले जानकारी दिए ।
सामुदायिक वनका उपभोक्तालाई वन डढेलोबारे जानकारी दिने उद्देश्यले चैत अन्तिम सातादेखि सुरूगरिएको अभियानअन्तर्गत हालसम्म भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकाका ६० सामुदायिक वनका दुई हजारभन्दा बढी उपभोक्तालाई वन डढेलोबारे जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार